coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मार्सियालसँग युनाइटेड सकारात्मक

लन्डन – इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले स्ट्राइकर एन्थोनी मार्सियालसँग लामो सम्झौताका लागि प्रक्रिया अघि बढाएको छ।

२२ वर्षे मार्सियालको युनाइटेडसँगको वर्तमान सम्झौता अझै एक वर्ष बाँकी छ । तर युनाइटेडसामु सम्झौता लम्ब्याउने विकल्प पनि रहेको छ । यसअघि सरुवा बजार खुल्दा मार्सियालले खेल्ने अवसर कम पाएको भन्दै उनका एजेन्टले उनले क्लब छोड्ने चाहना रहेको सार्वजनिक गरेका थिए।

सरुवा बजारमा टोटेनह्यामले मार्सियालका एजेन्टसँग उनको सरुवाका लागि छलफल गरेको थियो । त्यस्तै मार्सियालको सरुवाका लागि युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो पनि सकारात्मक थिए । माउरिन्होले मार्सियालको विकल्पको रूपमा चेल्सीका विलियान र इन्टर मिलानका इभान पेरिसिचलाई अनुबन्धित गर्न चाहेको खबरसमेत सार्वजनिक भएको थियो।

तर युनाइटेडका उपध्यक्ष इड उडवार्डले मार्सियाल क्षमतावान् खेलाडी भएको र उनलाई माउरिन्होले धेरैभन्दा धेरै अवसर दिनुपर्ने बताउँदै उनको सरुवा रोकेका थिए । युनाइटेडले मार्सियाललाई थप पाँच वर्षका लागि अनुबन्धन गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।

२०१५ मा मोनाकोबाट ३ करोड ६० लाख युरोमा ओल्ड ट्राफोर्ड भित्रिएका मार्सियालले जारी सिजनमा एक खेल मात्र खेलेका छन् । लेस्टर सिटीविरुद्ध २–१ को जित हात पारेको सिजनको पहिलो खेलमा बेन्चमा बसेका मार्सियालले ब्राइटनलाई ३–२ को नतिजा सुम्पिएको दोस्रो खेलमा पहिलो रोजाइमा स्थान बनाए पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन् । त्यस्तै सोमबार टोटेनह्यामलाई ३–० को नतिजा सुम्पिएको खेलमा पनि मार्सियाल टोलीमा स्थान बनाउन असफल भएका थिए।

युनाइटेडका उपध्यक्ष इड उडवार्डले मार्सियाल क्षमतावान् खेलाडी भएको र उनलाई माउरिन्होले धेरैभन्दा धेरै अवसर दिनुपर्ने बताउँदै उनको सरुवा रोकेका थिए।

प्रकाशित: १७ भाद्र २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App