जेलबाट २५ बर्ष अघि भागेका गोरेले गरे आत्मसमर्पण

आइतबार, १७ भदौ २०७५, १० : ०८ दिनेश सुवेदी

रोल्पा- ‘छोरी र आफन्तसंग बिदाबारी भएर घरबाट भारी मनले निस्किए। अब १२ वर्ष जेल बस्नु थियो।’ सुवर्णावती २ खुंग्री महेन्द्रीका ४५ वर्षिय गीरे भनिने गोरे सुनार २५ बर्ष पछि आफै अदालत पुगे। ‘बाटो भरी मनमा धेरै कुरा खेलाउँदै आए। पहिला ३ महिना २६ दिन बसेको जेल अब अरु १२ बर्ष बस्नु पर्ने थियो। बिरक्त लागे जस्तो, केहि सोच्न नसके जस्तो भयो। बाटो भरि कल्पना समेत हराए अनुभुती गरे।’

भाद्र १३ गते राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ बिष्टसंग साथ लागेर जिल्ला प्रशासन कार्यालयमा गएका उनी सोहि दिन आफै अदालत पुगे। ‘पहिला सिडिओ सापकोमा गएँ। उहाँले अदालतमा जानुस भनेकाले उतै गएँ।’ स्थानीय वकिलको सहायताले अदालत पुगेका उनलाई कर्मचारीले प्रकृया पुर्‍याएर कारागारको जिम्मा लगाई दिए। ‘अदालतका एक जना सरले कारागारमा ल्याएर जिम्मा लगाईदिनु भो।’

‘आफै अदालत उपस्थित भएर बाकी कैद फैसला कट्टा गरिपाउँ भनी निवेदन दिएकाले, १२ बर्ष कैद फैसला भनिएता पनि मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ले ज्यानमार्ने नियतले त्यस्तो उद्योग गरेमा १० बर्ष कैद हुने देखिदा पहिले भुक्तानि गरेका कैद कटाएर ९ बर्ष ८ महिना ४ दिन कैदमा राख्नु।’ अदालतले कारागारलाई लेखेको पत्रमा उल्लेख छ। ‘उहाँ आफै सजाय पाउँ भनी अदालत आउनु भो। आत्मसर्मपण गर्न आउनुले कानुनलाई सहयोग गरेको मानिन्छ। मुलुकी अपराध संहिता अनुसार हुने गरि कारागारमा बुझाई दिएका हौ,’ जिल्ला अदालतका श्रेष्तेदार मान बहादुर बिस्टले भने।

२०५० सालमा ज्यान मार्ने उद्योगमा कारागार पुगेका सुनार अदालतले फैसला नगर्दै त्यहि बर्ष भदौ २० गते अरु दुई जनासंगै डोरीको सहायताले रोल्पा कारागारबाट भागेका थिए। ‘भर्खरै २० बर्ष पुगेको थिए। जेलमा भेटिएकाको लहलहैमा लागेर जेलबाट भागे। खुरुक्क यहि बसेको भए आजसम्म टन्टै सकिन्थ्यो।’ उनी भागेको करिब ९ महिना पछि अदालतले उनलाई १२ बर्ष जेल सजाय सुनाएको थियो। त्यो बेला जेलबाट भागे पछि लुक्दै भारत पुगेका थिए उनी।

यो बिचमा १७ बर्ष भारतमा रोजगारि गरेका सुनारले ९ बर्ष साउदी अरब बसेको बताउँछन। ‘जीवनको २५ बर्ष गाउँ बाहिर बसे। कति लुकेर बस्नु भन्ने लाग्यो। सधै पुलीसको डर’ सुनारले सुनाए। ‘दुई बर्ष अगाडि श्रीमति बित्यो। त्यसको १३ दिनमा माईलो भाई पनि बित्यो। उनीहरुले संसार छोडेको डेढ बर्ष नपुग्दै कान्छो भाई पनि मर्यो। म आफु पनि बिरामि पर्न थाले । कतै गल्तीको सजायले पो यस्तो भयोकी जस्तो लाग्यो। छोरीले पनि गल्ती गरेकै हो भने जानुस भनिन्। धेरै सोचे अनि आए,’ कारागारमा बसेका सुनारले भने।

‘छोराले उतै भारत तिर बिहे गरेको छ। उतै कमाउँछ। छोरीले पनि उतै पढ्छ। मैले अपराध गरेकै हो। सजाय काटेर बाकी जीवन ढुक्कले बाच्छु। आफ्नै बुद्धिले २० बर्षको उमेरमा गरेको गल्तीको सजाय ४५ बर्षको उमेरमा भोग्नु पर्ने भो।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad