coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठुलाे दुर्घटनाबाट जाेगियाे यति एयरलाइन्स

फाइल तस्विर

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। क्षेत्रीका अनुसार आज साँझ  साढे ८ बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन्। जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो। चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७५ १६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App