४ वैशाख २०८१ मंगलबार
खेल

लिभरपुलकाे लगातार चाैथाे जित

लन्डन – गोलकिपर एलिसनको गल्तीमा लिभरपुलले जारी सिजन इङ्लिस प्रिमियर लिगमा पहिलो गोल खाए पनि योर्गान क्लोपको टोलीले शनिबार लेस्टर सिटीलाई २–१ ले निराश पार्दै विजययात्रालाई चौथोे खेलसम्म निरन्तरता दिएको छ।

साडियो माने र रोबेर्टो फिर्मिनोको गोलमा लिभरपुलले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा एलिसनको गम्भीर गल्तीको फाइदा उठाउँदै लेस्टरका राचिड गेजलले गोलअन्तर कम गरेका थिए ।यो गोल मे ६ पछि लिभरपुलले प्रिमियर लिगमा ४ सय १८ मिनेटपछि खाएको पहिलो गोल हो।

‘फुटबलमा कहिलेकाहीं यस्तो हुन्छ,’ एलिसनको गल्तीतर्फ संकेत गर्दै क्लोपले भने, ‘आगामी खेलमा यस्तो गल्ती नदोहोरिनेमा म विश्वस्त छु । जितमा गोलअन्तर बढी भइदिएको भए म अझै खुसी हुने थिएँ । तर जितको लयले निरन्तरता पाएकोमा म सन्तुष्ट छु।’

४ खेलको समाप्तिमा १२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । सुरुआतबाटै खेलमा लिभरपुल हाबी हुँदा लेस्टर सिटीबाट ३ सयाैं खेल खेलिरहेका गोलकिपर स्मिचेल व्यस्त देखिएका थिए । तेस्रो मिनेटमा मोहम्मद सालाहले फिर्मिनोेको पासमा गरेको प्रहार स्मिचेलले मुस्किलले एक खुट्टाले बचाएका थिए । त्यसलगत्तै सालाहले गरेको अर्को प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।

‘जितमा गोलअन्तर बढी भइदिएको भए म अझै खुसी हुने थिएँ । तर जितको लयले निरन्तरता पाएकोमा म सन्तुष्ट छु।’

१०औं मिनेटमा मानेले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । मानेले एन्ड्य्रु रोबर्टसनको पासलाई पोस्टको दिशा दिएका थिए । त्यस लगत्तै लिभरपुलले अग्रता दोब्बर पार्ने अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । टे«न्ट एलेक्जान्डर–आर्नोल्डको कर्नरमा जो गोमेजले गरेको हेड अकासिएको थियो।

२२औं मिनेटमा लेस्टरले खेलमा फर्कने अवसर पाएको थियो । तर डेमाराई ग्रेको पासमा गेजलले गरेको प्रहार एलिसनले विफल पारेका थिए । मध्यान्तर हुन एक मिनेटअघि र्फिमिनोले जेम्स मिल्नरको पासलाई जाली चुमाउँदै लिभरपुलको अग्रता दोब्बर पारेका थिए।

६३ औं मिनेटमा गेजलले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । एलिसनले केलेची इनाचोको प्रहार ड्रिबल गर्दै नियन्त्रण लिने प्रयास गरे पनि गेजलले बल खोस्दै पोस्टको दिशा दिएका थिए।

‘पहिलो हाफमा कमजोर प्रदर्शन गर्दा हामी लिभरपुललाई नतिजा सुम्पन बाध्य भयाैं,’ लेस्टरका मिडफिल्डर जेम्स म्याडिसनले भने, ‘दोस्रो हाफमा गरेको जस्तो प्रदर्शन गरेको भए नतिजा अर्के हुन सक्थ्यो।’

 

 

प्रकाशित: १६ भाद्र २०७५ १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App