७ वैशाख २०८१ शुक्रबार
राजनीति

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार फर्किए

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज स्वदेश फर्केका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गरे। भुटानका विशिष्ट अतिथि वाङचुक गत बुधबार बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौँ आएका थिए। रासस

 

प्रकाशित: १६ भाद्र २०७५ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App