८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

तस्बिर सौजन्य : विकास स्वरुप/भारतीय विदेश मन्त्रालय

काठमाडौं- चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ। शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नेछन्। याे वार्तामा दुई नेताबीच एक्लाएक्लै हुनेछ। कुनै सहयाेगी समेत वार्तामा रहने छैनन्।

प्रधानमन्त्री दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नेछन्। याे वार्ता दुइ नेताबीच एक्लाएक्लै हुनेछ। कुनै सहयाेगी समेत वार्तामा रहने छैनन्।

दाहालको मोदीसँग यो तेस्रो औपचारिक भेटघाट हुनेछ।

प्रकाशित: ३१ भाद्र २०७३ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App