coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ट्वाक्क–टुक्क भक्तपुर

ट्वाक्क टुक्क । ट्वाक्क टुक्क । ट्वाक्क टुक्क।

लौरो जुधाएर नाचिने धिन्ताङघिसी नाचले यतिबेला भक्तपुरका गल्लीहरू ट्वाक्क टुक्कको धुनमा गुन्जायमान छन् । भक्तपुरको दरबार स्क्वायरमा गाईजात्राको अघिल्लो दिन आइतबार साँझ घिन्ताङगघिसी (लट्ठी नाँच) सुरु भएसँगै यो साता संस्कृति नगरी नाचगानमा व्यस्त छ।

सोमबारको गाईजात्रापछि मंगलबार एक दिन आराम गरेको भक्तपुर  बुधबारबाट टोलटोलबाट बाजागाजा सहितको संस्कृति झाँकीहरूसँग रमाउन थालेको छ । यो क्रम १७ गते कृष्ण अष्टमीका दिनसम्म रहने छ।

परम्परागत नृत्यमा युवापिढीले सहभागिता जनाउन थालेपछि जात्रा झनै जीवन्त बनेको छ । कलेज पढ्ने युवायुवती पनि संस्कृति जोगाउन भन्दै विभिन्न भेषभूषामा नाच्न थालेका छन्।

‘म आज महालक्ष्मीको भूमिकामा छु,’ बागेश्वरी कलेजमा कक्षा ११ मा अध्यनरत रोहन प्रजापतीले भने, ‘मलाई निकै रमाइलो लागिरहेको छ।’

लौरो जुधाएर नाचिने धिन्ताङ घिसी नाचले यतिबेला भक्तपुरका गल्लीहरू ट्वाक्क टुक्कको धुनमा गुन्जायमान छन् । भक्तपुरको दरबार स्क्वायरमा गाईजात्राको अघिल्लो दिन आइतबार साँझ घिन्ताङगघिसी (लट्ठी नाँच) सुरु भएसँगै यो साता संस्कृति नगरी नाचगानमा व्यस्त छ।

कमर्स अध्ययन गर्दै गरेका उनी परम्परागत भेषभूषामा निकै राम्रा देखिएका थिए । ‘यो एक साता जात्राको रमाइलोमा बित्यो,’ उनले भने, ‘जात्राको रौनक सकिएपछि फेरि पढाइमा फर्कने छौं।’

उनी मात्र होइन, कक्षा १ मा अध्ययन गर्दै गरेका कृषभ टेवना पनि जात्राको रौनकमा रमाएका थिए । जात्रामा क्वान्चो नामक पात्रको रूपमा सहभागी हुँदै गरेका उनी पनि परम्परागत पोशाकमा सजिएका थिए । ‘नाच्दा रमाइलो लाग्छ,’ गोडामा रहेको चाप हल्लाउँदै उनले भने, ‘नाच सकेपछि पढ्ने हो।’

विभिन्न भेषभूषामा सजिएर आएका सर्वसाधारणको उपस्थितिले जात्रालाई झनै रमाइलो बनाएको छ । यहाँका पाटी, चौतारा र चोकहरू लहरै उभिएका सर्वसाधारणले जात्रा नियाल्दै गरेको दृश्य झनै रमाइलो लाग्छ।

‘जात्रा भक्तपुरको जीवन हो,’ सस्कृतिविद् ओम धैभडेल भन्छन्, ‘जात्राले यहाँ नयाँ उत्साह र उमंग दिएर जान्छ ।’ यहाँका जात्रा संस्कृतिको वैज्ञानिक महत्वसमेत रहेको उनले बताए । त्यसैले युवा पिढी पनि यहाँको संस्कृति अगाडि बढाउन लागिपरेको उनको बुझाई छ।

‘केही वर्षअगाडिसम्म पुराना कला संस्कृति भनेर नाक खुम्च्याउने युवाहरू अहिले त्यहि संस्कृति डोराउन थालेका छन्,’ उनले थपे, ‘शिक्षित युवाहरूमा आएको यो परिवर्तनले जात्रा जीवन्त भएर अगाडि बढ्दै छ ।’ पछिल्लो समयमा विद्यालयका स–साना नानीहरू समेत जात्राको बारेमा जान्न र सिक्न लागिपरेको उनले सुनाए।

यसैगरी जात्राको जगेर्नामा स्थानीय निकायले पनि ध्यान पु¥याउन थालेको छ । पर्यटन प्रवद्र्धन र कला संरक्षरणको लागि गाईजात्राको अवसरमा भक्तपुरमा परम्परागत नाचहरूको प्रतियोगिता समेत हुन थालेपछि  भएपछि जात्रामा थप रौनक थपिएको छ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको यस प्रतियोगितामा  लोपोन्मुख नाच प्रदर्शन गरिने पर्यटक सूचना केन्द्रका मुरज दिदियाले जानकारी दिए । अहिले यहाँ दैनिक जसो देवी नाच, गाइचा, लुसी, लाखे, कलाली, जंगली, नागाचा, माक, नटुवाचा, खिचा कवान्चु भालु, ख्याक, हनुमानलगायत विभिन्न नृत्यहरू देखाउने गरिएका छन्।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भक्तपुर दरबार क्षेत्रमा केही दिनयता विभिन्न नाचहरू प्रस्तुत गरिएको उनले सुनाए ।  जात्राको अवसरमा निस्केका नाचको मूल्याकंन गरेर विजेतालाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ।

जसका कारण जिल्लामा लोप हुन थालेका थुप्रै नाचहरू यहाँको टोल–टोलमा हेर्न पाइने उनले बताए । भक्तपुरमा गाईजात्राको अवसरमा छुट्टै रौनक र आकर्षण रहने उनले सुनाए । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठ दिनसम्म चल्छ।

प्रकाशित: १६ भाद्र २०७५ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App