coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बस दुर्घटनामा एककाे मृत्यु

गुलरिया - बर्दियाको बाँसगढीमा यात्रु वाहक बस दुर्घटना हुँदा एक पैदल यात्रीकाे मृत्यु भएको छ भने बसमा सवार अन्य सात घार्इते भएका छन्। महेन्द्रनगरदेखि काठमाडौँ जाँदै गरेको ना५ख ८१२० नंको यात्रु वाहक बस पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने माछागढको गौतम चोकमा दुर्घटनाग्रस्त हुँदा पैदल यात्री बाँसगढी– ९ थमनीका ६० वर्षीया बेलमाया शाहीको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बाँसगढीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलका अनुसार बसमा सवार सात जना घाइते भएका छन्। घाइतेमध्ये ठाकुरबाबा– १ का ४४ वर्षीया राधिका चौधरीको अवस्था गम्भीर छ। घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको पौडेलले जानकारी दिए। रासस

प्रकाशित: १५ भाद्र २०७५ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App