ओली र मोदी धेरै व्यस्त, हतारिनेमा हसिना

शुक्रबार, १५ भदौ २०७५, १७ : ४० नागरिक

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरको प्रयास (बिमस्टेक) सम्मेलनमा आयोजकका हैसियतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली निकै व्यस्त रहे भने छिमेकीहरुबीच ‘बीग ब्रदर’को हैसियतमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उत्तिकै व्यस्त रहे। बिहीवार विहान मात्र काठमाडौ आइपुगेकी बंगलादेशकि प्रधानमन्त्री शेख हसिना वाजेद भने शुक्रवार सम्मेलन सकिने बित्तिकै स्वदेश फर्किएकी छन्।

गोकर्ण गल्फ रिसोर्टमा पुग्न बाटोको स्तरोन्नती समयमै सम्भव नभएपछि सम्मेलनमा सहभागी पाहुनाहरुका लागि सम्मेलनस्थल होटल सोल्टी मै शुक्रवार बिहान गरिएको रिट्रिटमा सबै नेताहरु सहभागी भए। रिट्रिट कार्यक्रम पछि द्विपक्षीय भेटवार्तामा सबै नेताहरु व्यस्त रहे।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चासँग साइडलाइन भेटवार्ता गरे। सोही अवसरमा थाइल्याण्डले नेपाललाई १५ लाख अमेरिकी डलर बराबरको मेडिकल सामग्री (हाललाई सांकेतिक रुपमा मात्रै) उपहार दिए।

त्यसपछि सबै सदस्य राष्ट्रका प्रमुख एवं सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुले बिमस्टेक पावर ग्रिड बनाउने समझदारी पत्रमा हस्ताक्षर गरे। त्यसपछि विमस्टेकको समापन समारोहमा सबै अतिथि सहभागी भए। उनीहरुले बंगालको खाडी क्षेत्रका मुलुकको प्रयासलाई पुर्नजीवित बनाउने प्रतिबद्धता व्यक्त गरे।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै देखि निकै व्यस्त रहे। बिमस्टेक सम्मेलनका औपचारिक कार्यक्रम र छलफलका अतिरिक्त मोदीले आजै साइडलाइन भेटवार्तामा म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार दाशो छिरिङ वाङचुकसँग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरे।
यस्तै साइड लाइन वार्तामा ओली र मोदी पनि सरिक भए। यी दुवै नेताबीच यो वर्ष तेस्रो पटक भेटवार्ता भएको हो।

साँझपख पशुपति क्षेत्र तिलगंगामा भारतीय सहयोगमा निर्मित ‘नेपाल भारत मैत्री पशुपति धर्मशाला’ उद्घाटन कार्यक्रममा ओली र मोदी सरिक भए। यो कार्यक्रमपछि भारतीय प्रधानमन्त्री आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ।







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad