coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भिभिआइपीको सवारीमा जनताले दुःख नपाउने गरी पूर्वाधार बनाउँछौं : प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथि (भिभिआइपी)को सवारीमा जनताले दुःख नपाउनेगरी पूर्वाधार निर्माण गरिने बताएका छन्। 

काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनाको सवारीले आफूहरुले दुःख पाएको भन्दै आम सर्वसाधारणले विरोध गरेपछि ओली सरकार आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माण गर्ने निष्कर्षमा पुगेको हो।

कठिनाई झेल्दै सम्मेलनलाई सफल पार्न भुमिका खेलेको भन्दै ओलीले उपत्यकावासीको प्रशंसा समेत गरेका छन्। ‘अतिथि देवो भवः हाम्रो गौरवशाली संस्कृति हो। बिम्स्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाई झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको म उच्च प्रशंसा गर्दछु’, ओलीले ट्वीटरमा भनेका छन्, ‘यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ।’ 

यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ ।

— KP Sharma Oli (@PM_Nepal) August 31, 2018

प्रकाशित: १५ भाद्र २०७५ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App