४ वैशाख २०८१ मंगलबार
राजनीति

२ घण्टाका लागि काठमाडाैकाे यातायात अवरूद्द

फाइल तस्बिर


काठमाडौ– महानगरीय ट्रफिक प्रहरी महासाखा काठमाडौले बेलुका ६ः३०सम्मका लागि सोल्टी होटलदेखि त्रिपुरेश्वरहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने बाटोमा सवारी सञ्चालनमा रोक लगाएको छ।
बिमस्टेको चौथो सिखर सम्मेलनका लागि आएका अतिविशिष्ट विदेशी पाहुना स्वदेश फर्कन लागेकाले उनीहरुको सवारीहुने रुटमा आवगामनमा रोक लगाएको हो।
आजै ४ बजे म्यानमारका राष्ट्रपति विन मिन्ट र साँझ ६ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी  स्वदेश फर्कने कार्यक्रम छ।
यहि कारण सोल्टीहोटल हँुँदै कालिमाटी, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनुकने, सिनामंगल एयरपोर्ट र गौशालासम्मको रुटमा सवारी सञ्चालनमा रोक लगाइएको हो। 

 

प्रकाशित: १५ भाद्र २०७५ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App