काठमाडौ–चौथो बिमस्टेक सम्मेलनको मूख्य विषय बनेको विद्युत् प्रसारणको अन्तरदेशीय प्रशारणलाईन(बिमस्टेक पावर ग्रीड) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को आज काठमाडौमा सम्पन्न बैठकमा सदस्यराष्ट्रका प्रमूखको उपस्थितिमा परराष्ट्रमन्त्रीहरुले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
चौथो सम्मेलनको पूर्वसन्ध्यामा आयोजित सदस्यराष्ट्रका सचिवस्तरीय र परराष्ट्रमन्त्रीस्तीय बैठकमा यसबारे सहमति र समझदारीपत्रको मस्यौदा तयार भएको थियो।
प्रकाशित: १५ भाद्र २०७५ ०६:४२ शुक्रबार