छोरी देख्नै नहुने, के भएको यो?

शुक्रबार, १५ भदौ २०७५, १० : ३७ कमला पराजुली

भनिन्छ– नदी स्वच्छ हुनका लागि सबैभन्दा पहिलेमुहानै सफा हुनुपर्छ । किनारा र बीचबीचमा जतिसुकै सरसफाइ अभियान सञ्चालन गरे पनि, जतिसुकै फोहोर फ्याँक्न रोक लगाए पनि मुहानैबाट ढल मिसिएर पानी बगिरहँदा नदी सफा हुँदैन । तर मुहानबाटै सफाभयो भने बीचको फोहोर नियन्त्रण गर्न सकिन्छ र नदी सफा हुन्छ । ठीक त्यस्तै अवस्था देखिइरहेको छ महिलामाथिका निरन्तर हिंसाका घटनामा पनि । महिलामाथि सबैखाले हिंसा नियन्त्रण गर्न हिंसक (पीडक) लाई कडाभन्दा कडा कानुनी दण्ड खाँचो हुन्छ । हुन त यसका लागि कानुनी दण्ड नै नभएको पनि हैन । अझ महिलामाथि हुने सबै किसिमका हिंसाविरुद्धको संयुक्त राष्ट्र संघीयमहासन्धि (सिड) समेत राज्यले अनुमोदन गरेको दशकौँबितिसकेको छ । त्यति हुँदाहुँदै पनि यस किसिमका अपराध दिनानुदिन बढोत्तरी भइरहनुले सोचनीय बनाएको छ।

त्यसो भए महिलामाथि भइरहेका सबै किसिमका हिंसा र अपराधको मुहान कहाँ हो त? प्रश्न उब्जनु स्वाभाविकै हो । त्यसको पहिलो मुहान हाम्रै घर, परिवार र समाज हो । हामीले हाम्रा सन्तानलाई पहिलो आवाज सिक्दादेखि नै कस्तो शिक्षादीक्षा र संस्कार दिएर हुर्काउँछौँं ? उनीहरू त्यही सिक्दै र जान्दै हुर्कन्छन् । घर परिवारमा जे देख्छन्, जे सुन्छन् र बुझ्छन् पहिलो प्रभाव त्यसैले पार्छ । त्यसपछि बालबालिका विद्यालय जान्छन् । जुन दोस्रो मुहान हो । त्यहाँ उनीहरू जे देख्छन्, सिक्छन् र बुझ्छन्, त्यसैलाई आफ्नो जीवनमा निरन्तरता दिँदै जान्छन् । घर/परिवारबाट बाहिर निस्केका बालबालिकाको पहिलो समाज पनि विद्यालयनै हो । त्यहाँबाट नै उनीहरूले अनुशासन, सकारात्मक विचार, नैतिकता, आचरण, सदाचार, मानवता, संवेदनशीलतालगायत अनेक जीवनपयोगी विषय जान्नु/बुझ्नुपर्ने हुन्छ ।अर्को प्रश्न यहाँ खडा हुन्छ– के ती अवोध बालबालिकाले आजका विद्यालयबाट यस्ता कुरा आवश्यकीय मात्रामा सिक्न पाएका छन् त?

अहिले हरेकदिन सञ्चार माध्यमको एउटा महत्वपूर्ण विषय बन्ने गरेको छ– महिला हिंसा । त्यही हिंसाको एउटा चरम रूप, जघन्य अपराध यौनजन्य हिंसा हो । महिलालाई गरिने यौनजन्य हिंसा, बलात्कारको घटना अहिले सर्वत्र चिन्ताको विषय बनेको छ । सञ्चारमाध्यममा आँखा लगायो कि‘बालिकामाथि बलात्कार, किशोरीको बलात्कारपछि हत्या...। के हाम्रो समाज यस्तै अवस्थालाई सामान्य मानेर बस्न विवश भएको हो ? के हाम्रो समाजका पुर्खाले हामीलाई सिकाएर गएका संस्कार यही हो ?यस्तो जघन्य अपराध, जुन कुरा कल्पनासम्म गर्दा पनि हाम्रो मन कहालिन्छ । त्यस्तै घटना दिनानुदिन किन बढिरहेछ ? बलात्कार कसले गर्छ ? किन गर्छ ? प्रश्न फेरि आउँछन् एक एक गरेर । पहिलो उत्तर त बलात्कार पुरुषले गर्छतर दोस्रोको जवाफ भने अनुत्तरित नै छ, आखिर  किन गर्छ?

एउटी छोरी गर्भमा रहँदादेखि असुरक्षित हुँदै धर्तीमा पुग्छें । एउटी आमाले छोरी जन्माएकामा निश्चिन्त भएर खुसी र गर्व महसुस गर्नसमेत नपाई छोरीको हुर्काइसँंगै आउने असुरक्षाको भयले त्रस्त हुनुपरेको छ– छोरी कसरी जोगाउने ?

त्यो बलात्कारी पुरुष जो हाम्रो समाजमा महिलाको अभिभावक हो । हाम्रो सामाजिक मान्यताले पुरुषलाई महिलाको अभिभावक या संरक्षक मान्दै आएको छ । चाहे त्यो १० वर्षको भाइ र १७ वर्षकी दिदी होस् या १५ वर्षको छोरो र ३५ वर्षकी आमा किन नहोस् । त्यो भाइले आफूलाई दिदीको अभिभावक सम्झन्छ र छोरोले आमाको संरक्षक सम्झन्छ । उमेर, बल बुद्धि र अनुभव हैन,सामाजिक मूल्य/मान्यताको सवाल छ–सधैँभरिपुरुषनै महिलाको अभिभावक हुनुपर्छ ।यही मान्यताका कारण छोरो र छोरीबीच, महिला र पुरुषबीच हुर्कने, बढ्ने, खाने लाउने, खेल्ने र काम गर्ने फरक÷फरक मापदण्ड तयार गरिए । त्यही फरक मापदण्डलेनै सामाजिक विभेद गराइरहेको छ । त्यही विभेदका कारण आजसम्म समाजमामहिलालाई दोस्रो दर्जामा राखिँदै आएको छ । यसरी विवाह नहुँदासम्म एउटी बालिकाको अभिभावक उसको बुबा, दाजु हुन्छन् अनि विवाहित भएपछि उसको अभिभावकत्व उसको  लोग्ने, जेठाजु, देवरर ससुरामा सर्छ । सन्तान जन्माइ/हुर्काइसकेर बुढ्यौली हुँदै गएपछि क्रमशः छोरो आमाको अभिभावक बन्छ । आज पनि समाजमा यस्तो मान्यता र सोच छ कि महिलाको सुरक्षा र संरक्षण सधै पुरुषबाटै भइरहेको छ र हुन्छ । एउटा बालकलाई सक्षम पुरुष बनाउन कसको संरक्षण र सुरक्षा चाहिन्छ ? कतै चर्चा हुँदैन, मानौँ,त्यसको कुनैमहत्व छैन।

ती छोरी, दिदी बहिनी, आमा, भाउजूको रक्षक भनिएको पुरुषनैफेरि दिदी, बहिनी, छोरी, भतिजी, भान्जी, भाउजू, आमा र हजुरआमासमेत पनि नभनी सबैकोभक्षक भइरहेको छ। हामीलेनै जन्माएका, हुर्काएका संरक्षण दिएका पुरुषबाटै हरेक पलत्यस्ता अपराध भइरहेका छन् । अनि हामीजस्तै आमा÷बाबुबाट आफ्ना त्यस्ता अपराधी, राक्षस, भक्षक छोराहरू जोगाउन साम, दाम, दण्ड,भेदसहित शक्तिको दुरुपयोग भइरहेको हुन्छ । के यो अर्को विडम्बना होइन?

एउटी छोरी गर्भमा रहँदादेखि असुरक्षित हुँदै धर्तीमा पुग्छें । एउटी आमाले छोरी जन्माएकामा निश्चिन्त भएर खुसी र गर्व महसुस गर्नसमेत नपाइ छोरीको हुर्काइसँंगै आउने असुरक्षाको भयले त्रसित हुनुपरेको छ– छोरीकसरी जोगाउने ? हमेसा चिन्ताको विषय बनेको छ । दुई चार वर्षमात्र नहुँदैदेखि घरमा एकैछिन् कसैसँग छाडेर गएकी छोरी फर्कँदा यौन दुव्र्यवहारको सिकार भइसकी कि भन्ने चिन्ताले सताउँछ । पाँच सात वर्ष पुगेर स्कुल पठाउन थालेपछि विद्यालयमा नै यौन दुव्र्यवहारको सिकार हुने हो कि ? भन्ने त्रास बढ्दै जान्छ। यस्तो चिन्ता उनको उमेरसँगै क्रमशः बढिरहन्छ । आफ्नो घर, परिवारबाट छोरा र छोरीलाई शिक्षादीक्षा र हरेक विषयमा समान अवसर दिएर हुर्काउने चाहना राख्दाराख्दै पनि सामाजिक परिवेश र विसंगतिपूर्ण वातावरणका कारण छोरीहरू आफूलाई असुरक्षित र कमजोर महसुस गर्न बाध्य भएका छन् । के यसरी हामी सभ्य समाज निर्माणको अभियानमा सफल हुन्छौँ त ? सोचौँ।

यही सामाजिक समस्याका कारण हरेक दिन अब सचेत आमाहरूमात्र हैन बाबुहरूले समेत छोरी घरबाहिर निस्केर साँझ सुरक्षित घर आइपुग्छिन् कि पुग्दिनन् भन्ने त्रासदिमा बाँच्नुपर्ने बाध्यता सिर्जना भएको छ । यस्तो भय र पीडाले आज आफूलाई जेन्डर सचेत ठान्ने महिलासमेत छोरी जन्माउन डराउन थालेका छन् । यसले हाम्रो समाजलाई बडो नकारात्मक दिशातर्फ डोहो-याउँदै गरेको प्रष्ट संकेत गर्छ।

२०७४ चैतदेखि २०७५ साउन मसान्तसम्मको तथ्यांक हेर्दा पनि १३४ वटा बलात्कारका घटना भए ।जसमा १८ जनालाई बलात्कारको प्रयास गरियो भने २७ जना यौन दुव्र्यवहारको सिकार भएका छन् । मानव अधिकारवादी संस्था इन्सेकको यो तथ्यांकले भन्छ कि– छोरीहरू पाइला÷पाइलामा असुरक्षित छन् ।अझ कतिपय पीडितले त पारिवारिक, सामाजिक प्रतिष्ठामा आँच आउने र पीडकबाट धम्की र असुरक्षा खेप्नुपर्ने डरले यस्ता घटना नै सार्वजनिक गर्दैनन् । फितलो कानुन र त्यही कानुन पनि कार्यान्वयन नहुने अवस्थाले पनि धेरै घटना गुपचूपमै सीमित छन्।

यसो भनिरहँदा सबै पुरुष हिंसक र अपराधी हुन्छन् भन्न खोजिएको हैन । तर पुरुषबाटै भएका यस्ता पासविक अपराधले समाजमा पुरुष हुनुमा ग्लानिर हीनतावोधको भावना सिर्जना हुन थालेको छ । त्यसैले महिलामाथि भइरहेका यस्ता अत्यन्त घृणित र जघन्य अपराधपूर्ण घटनाले महिलामात्र हैन, पुरुषलाई समेत आक्रोशित बनाइरहेको छ ।सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा आएका सामग्रीले पनि यसलाई पुष्टि गर्छ । हिंसापीडित पक्ष र अधिकारकर्मीमात्र हैन, समाजका हरेक नागरिक विक्षिप्त भएको अवस्था छ अहिले । यस्तो संवेदनशील विषयलाई कहीँकतैबाट पनि राजनीतीकरण गर्ने या राजनीतिक विषय बनाउने प्रयत्न हुनुहुँदैन । तर यस्तो अवस्था आउनुअगावै जनताको आशा भरोसाको जननिर्वाचित सरकारले गम्भीररूपमा ध्यानाकर्षण गर्दै समस्याको निदानतर्फ उन्मुख हुनुको भने विकल्प छैन । सरकारले आफ्नो कर्तव्य पूरा गरेन भने राजनीतीकरण हुन्छ नै, त्यतिबेला घटनामा राजनीति घुसाइयो भनेर फलाक्नुको कुनै अर्थ हुने छैन।

राज्य संयन्त्रका कुनै पनि तहमा भएका जिम्मेवार निकायबाट कुनै पनि किसिमको खराव नियत भएको र घटनाको छानबिनमा लापरबाही भएको शंका देखिएमा त्यस्ता पक्षलाई निर्मम कारबाहीसमेत गर्नुपर्छ । त्यही लापरबाहीको परिणाम अहिले कञ्चनपुरको निर्मला पन्त बलात्कार र हत्याको घटना खडेरीको डँडेलो जस्तो भइरहेको छ । छानबिन र कारबाहीमा भएको ढिलाइले सर्वसाधारणलाई अनेक शंका गर्ने ठाउँ उपलब्ध गराएको छ । त्यसैले समाजमा दिनानुदिन बढिरहेका यस्ता यौनजन्य हिंसा रोक्न र हिंसारहित समाज निर्माण लागि अहिले संघीय संसद्मा महिला सांसदहरूको पहलमा संकल्प प्रस्तावसमेत पेश भएको छ । आशा गरौँ, जतिसक्दो चाँडै यो संकल्प प्रस्तावलाई महिला सांसदमात्र हैन, सिंगो संघीय संसद्ले सर्वसम्मतरूपमा पारित गर्नेछ । साथै अपराधीलाई कडाभन्दा कडा दण्ड सजायको व्यवस्थासंँगै पीडितलाई परिपुरणसहितको न्याय प्रदान हुनेछ।

अन्तमा, जतिसक्दो चाँडै राज्यका सबै तह र संयन्त्रबाट यस्ता अपराध र हिंसाविरुद्ध भएका कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसैगरी जनस्तरमा समन्वय अर्को आवश्यकीय कार्य हो । साथै स्थानीय जनप्रतिनिधि, शिक्षिका–शिक्षक, सामाजिक र राजनीतिक कार्यकर्ता तथा सचेत नागरिक समाजसमेतको सहयोग र सहकार्यमा यस्ता यौनजन्य हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।सँगैनिगरानी र खबरदारी त अति जरुरी भई नै सकेको छ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad