coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

होटल सोल्टीमा रिट्रिट जारी

रिट्रिटमा सहभागी हुँदै राष्ट्र प्रमुखहरू। तस्बिर : दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई सरकारले दिएको रिट्रिट सोल्टी होटेलमा जारी छ।  

सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी छन्।

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ। सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उहाँहरूका श्रीमती/श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ।

नितान्त निजी एवं ऐकान्तिक भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो। रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम रहेको शिष्टाचार महापाल दीपक अधिकारीले बताए।

औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा यस्ता भेटवार्ता उपयोगी हुने पूर्व पराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले अभिमत प्रकट गरे। “रिट्रिटलाई अनौपचारिक राजनीतिक परामर्श गर्ने माध्यमका रुपमा प्रष्ट्याउँदै उनले मनका कुरासमेत गर्न पाइने स्थल नै रिट्रिट हो भने।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा पनि राजनीतिक संवादका निम्ति रिट्रिटको प्रावधान रहेको स्मरण गराउँदै उनले औपचारिक ‘एजेण्डा’मा छलफल नै नहुने विषय रिट्रिटम विचारविमर्श हुने गरेको बताए।

रिट्रिटमा द्विपक्षीय, बहुपक्षीय मामिलाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषय मात्र होइन जारी सम्मेलन÷बैठकमा आफ्नो प्रस्तावको विरोध वा समर्थन के हुनसक्छ भन्ने बुझ्न र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास हुने पूर्व राजदूत आचार्यले उल्लेख गरे।  

सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि रिट्रिटको आयोजना गरिन्छ। सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि रिट्रिट महत्वपूर्ण मानिन्छ।

सरकारले गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरेपनि चाबहिल–जोरपाटी–साँखु सडकको अवस्था सुधार नभएका कारण सोल्टीमै रिट्रिट थिएको हो । (राससको सहयोग)

प्रकाशित: १५ भाद्र २०७५ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App