coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘ऋतिकले ‘फ्लर्ट’ गरेको हैन्’

मुम्बई – नायिका दिशा पटानीले सिद्धार्थ आनन्दको फिल्मबाट हात झिकेपछि नायक ऋतिक रोशनका कारण फिल्मबाट निकालिनुपरेको समाचार आयो । सञ्चारमाध्यमले दिशा फिल्मबाट निस्कनुमा ऋतिक दोषी रहेको दाबी गर्दै समाचार लेखेपछि दिशाले समाचारको खण्डन गरेकी छन्। 

सञ्चारमाध्यमले नायक ऋतिकले दिशालाई डेटमा जान प्रस्ताव गरेपछि उनले फिल्म छोडेको समाचार आएको थियो । तर दिशाले समाचारको खण्डन गर्दै ऋतिक एक सम्मानित सुपरस्टार रहेकाले उनले आफूलाई ‘फ्लर्ट’ गरेको खबर बकवास रहेको बताएकी छन् । दिशाले मिडियामा आएका समाचारलाई बचपना र गैर जिम्मेवार गसिप भनेकी छन्।

‘ऋतिक सर र मेरो बीचमो गैर जिम्मेवार गसिप चलिरहेको छ । हामीबीच केही त्यस्तो नराम्रो सम्बन्ध छैन,’उनले भनेकी छन्,‘उहाँसँग मैले थोरै समय बिताए पनि उहाँ सम्मानित र आदरणीय व्यक्ति हुनुहुन्छ ।’ दिशाले ऋतिकका कारण आफूले कुनै पनि फिल्म नछोडेको दाबी गरेकी छन् । उनले भविष्यमा मौका मिलेमा पुनः ऋतिकसँग काम गर्ने इच्छा व्यक्त गरेकी छन्। 

दिशासँग जोडेर आफू बारे समाचार आएपछि ऋतिकले ट्विटरमार्फत आक्रोश व्यक्त गरेका छन् । ‘तपाईहरू जिम जानुस् । त्यहाँ गएपछि दिमागको फोहोर सफा हुनेछ,’सञ्चारमाध्यमप्रति लक्षित गर्दै उनले ट्विटेका छन्।

दिशा निर्देशक अली अब्बास जफरको फिल्म ‘भारत’मा विशेष भूमिकामा देखिँदैछिन् । यो फिल्मको केही दृश्यको सुटिङ नायक ऋतिकले पनि पूरा गरिसकेका छन् । केही समयअघि ऋतिकले फिल्मका प्रमुख नायक सलमान खानसँग केही दृश्यको सुट गरेका थिए।

ऋतिकले यो फिल्मबाहेक ‘सुपर ३०’को काम सकेका छन् । उनी टाइगर श्राफसँग यशराजको व्यानरको एक्सन थ्रिलर फिल्ममा चाँडै देखिँदैछन्।

 

प्रकाशित: १५ भाद्र २०७५ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App