७ वैशाख २०८१ शुक्रबार
कला

आचार्यको ‘घ्यू सँगाली राखे आमा’

काठमाडौं – नव गायिका कमला आचार्यले परम्परागत र मौलिक शैलीमा आधारित ‘घ्यू सँगाली राखे आमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । करिब ५० बर्षअघि ग्रामिण क्षेत्रमा मनाउने मौलिक तीजको झल्को र नारीको अवस्थालाई गीतका टुक्कामार्फत उठाइएको छ। 

समाजको विकासक्रमसँगै तीज मनाउने शैली र समाजले नारीलाई हेर्न दृष्टिकोणलाई पनि गीतले बोलेको छ । गीतमा स्वर, शब्द र लय पनि आचार्यले नै सिर्जना गरेकी हुन् । यसले हिजोको नेपाली समाज र ग्रामीण परिबेशलाई झल्काएको छ । गीतका नगर विकास र समाजको मौलिकतालाई नभूल्न आग्रह गरेकी छन्। 

‘आज भन्दा ३० बर्ष अघिको तीज निकै भिन्न हुन्थ्यो, काठको ठेकी र बुट्टा भरिएका टीनका भाडामा घ्यू सँगाली राखिएको हुन्थ्यो, माइतीघर जादा छोरी–चेलीहरू फुरुक्क हुन्थे,’ गायिका आचार्यले भनिन्, ‘गीतले ती पक्षलाई पनि समेटेको छ, अहिले बजारमा आएकाभन्दा फरक स्वादको गीत उठाउने मेरो जर्मको हो ।’  म्युजिक भिडियोमा अभिनय टीका जैशीले गरेकी छन्। 

 

प्रकाशित: १५ भाद्र २०७५ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App