coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली–मोदी वार्ता : रेलवे लाइन सर्भे समझदारी पत्रमा हस्ताक्षर हुँदै

फाइल फाेटाे

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय वार्ता हुने भएको छ।

वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो। सोही सहमति अनुरुप आज समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। अाेली र माेदीबीच हुने भनिएकाे वार्ताकाे समय भने खुलाइएकाे छैन।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले पशुपति पुगेर दर्शन गर्ने कार्यक्रम रहेको छ। मोदीले आजै भारतीय सहयोगमा पशुपतिमा निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्ने छन्।

प्रकाशित: १५ भाद्र २०७५ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App