७ वैशाख २०८१ शुक्रबार
खेल

अन्तर बैंक फुटबल हुने

काठमाडौं- नेको इन्सुरेन्स लिमिटेडले असोज १ माएकदिने अन्तरबैंक फुटसल प्रतियोगिता गर्ने भएको छ। सामाखुसी फुटसल कोर्टमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ। चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ। प्रत्येक समूहका शीर्ष दुई टोली अघिल्लो चरण प्रवेश गर्नेछन्।

च्यारिटी प्रतियोगितामा रूपमा आयोजना गरिने भएकाले संकलित रकमबालाजुस्थित बालकल्याण प्राथमिक विद्यालयलाई प्रदान गरिने नेको इन्सुरेन्सका कार्यकारी प्रमुख विश्व तिमिलाले बताए। उनका अनुसार भूकम्पले क्षति पुर्‍याएपछि उक्त विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्नुपर्ने अवस्था आएकाले सहयोग गर्न प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा आयोजक नेकोसहित माछापुच्छ्रे बैंक, इन्भेस्टमेन्ट बैंक,  कुमारी बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, सेन्चुरी बैंक, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैक, एनएमबी बैंक, एस डेभलपमेन्ट बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक छन्। 

समूह ‘ए’ मा नेको, नबिल, सिभिल र एनसिसी छन्। समूह ‘बी’ मा एनआईसी एसिया, बैंक अफ काठमान्डू लुम्बिनी र इन्भेस्टमेन्ट ‘ए’ ले प्रतिस्पर्धा गर्नेछ।  समूह ‘सी’ कुमारी, माछापुच्छ्रे, एस डेभलपमेन्ट र इन्भेस्टमेन्ट …बी’ तथा समूह ‘डी’ मा काष्ठमन्डप, सेन्चुरी, एसबिआई र ग्लोबल आइएमई छन्।

नेकोले २० वर्षयता निर्जीवन बिमाक्षेत्रमा काम गर्दै आइरहेको छ। शनिबार प्रतियोगिताको उद्घाटन संचालक समिति अध्यक्ष रमेशकुमार निरौलाले गर्नेछन्।

प्रकाशित: ३१ भाद्र २०७३ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App