८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बालबालिकामा देखियाे निमाेनिया र फ्लु

काठमाडौं - भदौ महिना सुरु भएसँगै बालबालिकामा निमोनिया र फ्लु फैलिएको छ। उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा श्वासप्रश्वासको संक्रमण बढेको देखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यी रोगका बिरामीहरु उपत्यकाका कान्तिबाल अस्पताल तथा अन्य बालअस्पतालमा पनि पुगेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले यो यस्तै समस्याबाट वयश्क र वृद्धवृद्धासमेत प्रभावित भएको जनाएको छ।

चिकित्सकका अनुसार मौसम सकिएर तापक्रम केही घटेसँगै रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी रोग फैलिएको हो। वर्षेनी हुने यस्तो प्रकोप रुघाखोकी तथा निमोनिया इन्फुलुन्जा ए अन्तर्गतका भाइरसका कारणले हुन्छ । यस्तो भाइरस खोक्दा, हाच्छ्यिुँगर्दा परेको छिटाबाट सर्छ। बिरामीले प्रयोग गरेको शौचालय, समान तथा स्थानमा त्यस्ता किटाणु हुन्छन् । संक्रमित हातले नाक या मुख र आँखामा छोएमा यो सर्ने सम्भावना रहन्छ । यो सँगै संक्रमित व्यक्तिले छोएको सामान तथा हाच्छिँउ गरेको ठाउँ छोइएमा पनि सर्छ।

सिन्धुलीमा फैलिएको फ्लुकै कारण सिन्धुली दुधौलीकी डेढ वर्षीया बालिका टीका परियारको मृत्यु भइसकेको छ। उनी समयमा अस्पताल नपुगेको कारण मृत्यु भएको महाशाखाले जनाएको छ। अहिलेसम्म सिन्धुली जिल्ला अस्पतालमा रुघाखोकी तथा श्वासप्रश्वासका ५० जना बिरामी भर्ना भई उपचार भइरहेको छ भने ३ सय बिरामीको बहिरंग विभागमार्फत उपचार भइरहेको छ।

उनीहरु ज्वरो, रुघाखोकी र जीउ दुख्ने समस्या लिएर अस्पताल पुग्ने कान्तिबाल अस्पतालका निर्देशक डा. गणेश राईले बताए । यी लक्षण लिएर अस्पताल पुगेकामध्ये धेरै जसोमा मौसमी फ्लु देखिएको र केहीमा निमोनिया र स्वाइनफ्लु (एच वान– ए वान) को समस्या देखिएको डा. राईले बताए । दुई हप्तादेखि सिन्धुलीमा फैलिएको फ्लुकै कारण सिन्धुली दुधौलीकी डेढ वर्षीया बालिका टीका परियारको मृत्यु भइसकेको छ। उनी समयमा अस्पताल नपुगेको कारण मृत्यु भएको महाशाखाले जनाएको छ । अहिलेसम्म सिन्धुली जिल्ला अस्पतालमा रुघाखोकी तथा श्वासप्रश्वासका ५० जना बिरामी भर्ना भई उपचार भइरहेको छ भने ३ सय बिरामीको बहिरंग विभागमार्फत उपचार भइरहेको छ । प्रभावित हुनेहरुमा तीन वर्ष मुनिका बालबालिका बढी छन्।

रोग नियन्त्रणमा नआएपछि एक साताअघि महाशाखाबाट एक टोली अध्ययन तथा उपचारका लागि सिन्धुली पुगेको छ। बिरामीलाई सुरुमा खोकी लाग्ने, ज्वरो आउने र कोखा हान्ने लक्षण देखिएको स्थलगत टोलीमा पुगेका महाशाखाका जनस्वास्थ्य अधिकृत डबल जिसीले बताए । अहिले प्रकोप केही नियन्त्रणमा आइसकेको उनले बताए । रोगको अनुसन्धान गर्न टोलीले १० जनाको -यालको नमुना, ७ वटा रगतको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइसकेको छ। रोगको प्रकृति सामान्य रुघाखोकीभन्दा भिन्न प्रकृतिको रहेकाले नमुना परीक्षण गर्न पठाएको जिसीले बताए।

कान्तिबाल अस्पतालमा उपचारका लागि पुग्ने बिरामीमध्ये ६० प्रतिशत बिरामीमा रुघाखोकी र ज्वरोको समस्या हुनेछ । कान्तिबाल अस्पतालमा उपचार गर्न आएका केहीमा स्वाइनफ्लु भेटिएको डा. राईले बताए । ‘भर्ना भएका स्वाइनफ्लुका एक जना बिरामी हिजो मात्र डिस्चार्ज भएका छन्,’ डा.राईले भने । उपचारमा आएमध्ये केहीको श्वास परीक्षण गर्दा स्वाइन फ्लु भेटिएको डा.राईले बताए।

यो भाइरल रोग भएकाले सबैलाई अन्य फ्लुकै जस्तो उपचार गरेपछि निको हुने गरेको डा. राईले बताए । कतिपय बिरामीको भने समयमै रुघाखोकी र ज्वरोको उपचार नगरेका कारण संक्रमण जटिलता बढेर निमोनियासमेत भएको पाइएको छ । निमोनिया उपत्यकाभित्र र सिन्धुली दुवै ठाउँका बालबालिकामा देखिएको छ । रुघाखोकी र ज्वरोेको लक्षण पाइएमा हेलचेक्रयाइँ नगर्न चिकित्सकले सुझाएका छन् । ‘समयमै उपचार नगरेका कारणले पनि जटिलता बढेको देखिन्छ,’ जनस्वास्थ्य अधिकृति जिसीले भने । सिन्धुलीकी डेढ वर्षीया बालिका परियारको पनि समयमै उपचार नपाएरै मृत्यु भएको सिन्धुली पुगेको टोलीले जनाएको छ।

ज्येष्ठ नागरिक, प्रतिरक्षा कमजोर भएका व्यक्ति र बालबालिकालाई यसको संक्रमणले बढी सताउने हुनाले उनीहरु यो मौसममा सजक हुनुपर्ने चिकित्सक सुझाउँछन् । यसको संक्रमणबाट बच्न सकेसम्म साना नानीहरुलाई भीडमा नलैजाने, प्रभावित जिल्लाको हकमा साना नानीहरुलाई स्कुल नपठाउने, शौचालय, ढोका, बसको डन्डी, झ्याल छोएको हातले नाक, मुख र आँखा नछुने र छोइहाल्नु परेमा राम्रोसँग हात धोएपछि मात्र छुनुपर्ने चिकित्सकले सुझाए।

लक्षण
– रुघाखोकी लाग्ने
– ज्वरो आउने
– तीन/चार घण्टापछि कोखा हान्ने
– श्वास फेर्न गाह्रो हुने

कसरी बच्ने ?
– संक्रमितबाट टाढा बस्ने
– प्रभावित ठाउँका बालबालिका स्कुल नजाने
– शौचालय तथा अन्य ढोका छोएपछि तुरुन्तै हात धुने
– संक्रमितले प्रयोग गरेको सामान नछुने
– सक्रमितसँग हात नमिलाउने
– बालबालिकालाई भीडमा नलैजाने

प्रकाशित: १५ भाद्र २०७५ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App