४ वैशाख २०८१ मंगलबार
समाज

नेपाली नागरिक भारतमा लुटिए

कञ्चनपुर- भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्। 

“सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भने, “छ महीना काम गरेर कमाएर ल्याएको भारतीय रु ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ।” बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका छन्।

भारतमा मृत्यु 

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–६ का करिब २२ वर्षीय रनि साउदको भारत गुडगाँवस्थित रोहतकमा बुधवार सडक दुर्घटनामा मृत्यु भएको छ। 

सडक छिचोल्ने क्रममा गाडीले ठक्कर दिँदा साउदको मृत्यु भएको मृतकका छिमेकी तर्कराज भट्टले जानकारी दिए। मृतकको शव रोहतकस्थित सरकारी अस्पतालमा राखिएको छ। शव ल्याउनका लागि मृतकका आफन्त भारत गएका छन्। मृतक साउद भारतमा रोजगारी गर्दै आएका थिए। साउदका श्रीमती र दुई छोरा छन्। रासस

प्रकाशित: १४ भाद्र २०७५ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App