coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

नयाँ दिल्ली- भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ। 

वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ। 

त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रूपैयाँ र मुम्बइमा ७४.२४ रूपैयाँ पुगेको छ। 

पेट्रोलका लागि यसअघिको मुल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्बइमा १३ पैसा बढी तिर्नु पर्ने भएको समाचारमा जनाइएको छ। 

त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकत्तामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ। 

प्रकाशित: १४ भाद्र २०७५ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App