काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युवाहरुले स्वागत गरेका छन्।
दुईदिने सम्मेलनमा सहभागी हुन विहीबार ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मोदीलाई नेपाल फाउन्डेसनको अगुवाईमा युवाहरुले स्वागत गरेका हुन्।
‘बिमस्टेक शिखर सम्मेलन सहभागी हुन आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक स्वागत गर्दछु’ भन्ने बिमस्टेक लोगो अंकित टिसर्ट लगाएर युवाहरुले विमानस्थलको गेटमा लाइन लागेर स्वागत गरेका थिए।
फाउन्डेसनका अध्यक्ष विकास ठाकुरले नेपाल भारत सम्बन्ध सुदृढ बनाउन र बिमस्टेक सम्मेलन सफलताको कामनासहित आफूहरुले मोदीको स्वागत गरेको बताए। मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ले शुक्रबार पशुपति मन्दिरमा धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रकाशित: १४ भाद्र २०७५ १४:२४ बिहीबार