७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

देवगणको नाच (फाेटाे फिचर)

भक्तपुर – गाइजात्राको पर्सीपल्टदेखि सुरु भएको भक्तपुरको बोडेमा मनाइने निलबाराही नाच बिहीबार सम्पन्न भएको छ।यो नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल क्षेत्रपाल र गणेशसहितका देवगणको नृत्य प्रस्तुत गरिन्छ।

पाँच दिन र चार रातसम्म मनाइने यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो पर्व मानिन्छ। बोडेको मूल ढोकाबाट नाच निकालेपछि विभिन्न टोलमा रहेका देवालयको परिक्रमा गरिन्छ। नाचका क्रममा देवगणहरुले केही खाँदैनन् भने कसैसँग बोल्दैनन् र कहीँ बस्दैनन्। देवताको मुखुण्डो लगाएका देवगणहरु नाचिरहँदा घरघरबाट पूजा गर्नेहरुको घुँइचो लाग्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App