निर्मला हत्या प्रकरण

बम दिदीबहिनीलाई हिरासतमा राख्न म्याद थप

बिहिबार, १४ भदौ २०७५, १८ : ०९ राजेन्द्र भट्ट

महेन्द्रनगर– बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदीबहिनीलाई थप एक साता हिरासतमा राख्ने म्याद थपिको छ। बबिता र रोशनी बमलाई प्रहरीले शुक्रबार हिरासतमा लिएको थियो। 

कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले थप अनुसन्धानका लागि अदालतबाट विहीबार म्याद थप भएको बताए। भीमदत्त नगरपालिका २ महुलिया उल्टाखामकी १३ बर्षिया निर्मलाको शव फेला परेको स्थानको अवस्था मिसमास गरेको समेत देखिएको उनको भनाई छ। ‘घटनाको अनुसन्धान भइरहेको छ’, एसपी कडायतले भने, ‘सबै कुरा प्रमाणित भएपछि अपराधी सार्वजनिक गर्छौं।’ साउन १० गते वेपत्ता भएकी निर्मलाको शव दोस्रो दिन घर नजिकै भीनपा–१९ बागफाँटाको उखुबारीमा फेला परेको थियो। उनी दिउँसो साथी रोशनीको घरमा गृहकार्य गर्ने भन्दै हिँडेकी थिइन्। 

एसपी कडायतले आन्दोलनका क्रममा अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी आएकाले के कति गोली र अश्रृग्याँस प्रयोग गर्नु परेको भनि यकिन तथ्यांक नभएको जानकारी गराए। जिल्ला प्रशासन कार्यालयमा दिउँसो सञ्चारकर्मीसंग उनले आफू जिल्ला आएपछिको बस्तुस्थितीबारे जानकारी गराएका थिए। यसअघि पक्राउ गरिएका दिलिप बिष्टलाई स्वास्थ्य परिक्षणका लागि काठमाण्डौंको टिचिङ्ग अपस्ताल पु¥याइएको छ। ४१ बर्षीय बिष्ट त्यहाँबाट फर्केपछि म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। मानसिक अवस्था कमजोर भएका बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेपछि आन्दोलन झन चर्केको थियो।

शान्ति सुरक्षा कायम गर्न संवेदनशील छौं : प्रजिअ अधिकारी

यस्तै कञ्चनपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जिल्लामा शान्ति व्यवस्था कायम गर्न स्थानीय प्रशासन संवेदनशील भएको बताएका छन्। 

सञ्चारकर्मीसंगको परिचयात्मक भेटमा प्रजिअ अधिकारीले बालिका निर्मला पन्तको हत्यापछि भएको असहज वातावरण विस्तारै सुधारोन्मुख हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘आन्दोलनपछिको अवस्थामा शान्ति सुरक्षा कायम गर्न सम्वेदनशील भएर लागेका छौं।’

संचारर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ अधिकारीले यस्ता घटनाका अपराधीलाई समाजसामु ल्याउन संचारजगतको पनि महत्वपूर्ण भुमिका रहने भएकाले सबैलाई सहयोगका लागि आग्रह समेत गरे। विगतमा के भयो भन्दा पनि आगामी दिनमा कसरी वातावरण सहज बनाउने भनि लाग्नुपर्ने उनको भनाई थियो। 

गोली लागेर घाइते भएका चार जनालाई उपचारपछि काठमाडौंको टिचिङ्ग अस्पतालबाट डिस्चार्ज गरेको जानकारी गराउँदै प्रजिअ अधिकारीले जिल्ला फर्किसकेपछि पनि उनिहरुको स्वास्थ्यमा केही समस्या आए स्थानीय अस्पतालमैं सहज उपचारको व्यवस्था मिलाउन विहीबार बसेको सरक्षा समितिको बैठकले निर्णय गरिसकेको बताए। मञ्जु गिरी, चेतन भट्ट, तेजराज भट्ट र उमेश तिरुवाको उपचार भइसकेको र घाइते उमेश देउवाको भारतमा उपचार भइरहेको उनले जानकारी गराए। घाइते मध्येका भण्डाराको अवस्था जटिल बनेपछि टिचिङ्गमा उनको दाहिने खुट्टा तिघ्रादेखि अलि तल काट्नु परेकाले अहिले उपचारकैं क्रममा रहेको उनले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad