६ वैशाख २०८१ बिहीबार
राजनीति

गरिबी निवारणमा बिमस्टेकको ध्यान केन्द्रित होस : प्रधानमन्त्री ओली

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा अाेलीले आर्थिक रुपले कमजोर रहेका जनताको स्तर उठाउन मूल लक्ष्यमा उपलब्धी हासिल गर्न सकेमा बिमिस्टेकले सफलता पाउने बताएका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलन उद्घाटन गर्दै ओलीले गरिबी निवारणलाई सबै सदस्य राष्ट्रले प्राथमिकतामा राख्नु पर्ने बताएका हुन्।

ओलीले बिमस्टेकले तोकेका प्राथमिकताका क्षेत्रका लक्ष्यहरु पुरा गर्न सबै राष्ट्रबीच आपसी संबन्धलाई सहयोगी र सघन बनाउदै लैजानुपर्ने औल्याए। गरिबीको खाडलमा रहेका जनताको उत्थान हुने गरी आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। 

उनले युवामाथिको लगानीलाई बढाएर क्षेत्रीय समृद्धिको उदेश्य हासिल हुने बताए। ‘युवा हाम्रा भविश्य हुन्,’ उनले भने, उनीहरुमाथिको उचित लगानी र योजनाले भविश्य सुनिश्चित हुनेछ।’ सूचना प्रविधिको क्षेत्रमा उपलब्ध नयाँ प्रविधिका लाभ ग्रहण गर्न त्यसमाथि लगानी बढाउनुपर्नै उनले औल्याए।

जलवायु परिवर्तनका असरले हिमालदेखि समुद्रसम्म असर गरिरहेको भन्दै यस्ता असर सामना गर्न समूहिक पहल जरुरी रहेका ओलीले बताए। ‘नेपाल र बंगलादेशले बाढीको समस्या भोगिरहेको छन्,’ उनले भने, ‘जलवायुका समस्याले विपदहरु सृजना गर्दैछन् यसप्रति हामी सचेत हुनुपर्छ।’

आतंकबाद, सम्पति सुद्धिकरणजस्ता समस्याको समाधानका लागि बिमस्टेक सदस्यको सहयोगात्मक पहल जरुरी भएको उनले औल्याए।  बस्तु तथा सेवाको व्यापार बिस्तारका लागि विवादको समाधनका संयन्त्र स्थापना गर्नेजस्ता कुरामा ओलीले जोड दिए।

क्षेत्रीय पर्यटन विस्तारका लागि बृहद बुद्धिस्ट सर्किटको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने ओलीले बताए। बिमस्टेकलाई सफल बनाउन सबै सदस्य राष्ट्रमा सकृयभाव रहने अपेक्षा ओलीको थियो।

अाेलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को स्थानलाई बिमस्टेकले प्रतिस्थापन गर्न नसक्ने भन्दै त्यसको परिपुरक बन्ने स्पस्ट पारेका थिए। 
  

 

प्रकाशित: १४ भाद्र २०७५ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App