coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

के हो बिमस्टेक?

काठमाडौं-बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा भने बिस्टेकको रुपमा भएको थियो। सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो। त्यसबेला बंगलादेश भारत श्रीलंका र थाइल्याण्ड यसका सदस्य थिए। सोही वर्ष डिसेम्बर २२ मा थाइल्याण्डमै आयोजित मन्त्रीस्तरीय बैठकले संगठनमा म्यानमारलाई सदस्यका रुपमा थप गरेको थियो भने नाम पनि बिमस्टेक बनाएको थियो। तर यसको नाम अहिलेको जस्तो थिएन। यसलाई बंगलादेश, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड आर्थिक सहयोग भनिन्थ्यो।

सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न छैटौ मन्त्रीस्तरीय बैठकबाट नेपाल र भुटानले पनि बिमस्टेकको सदस्यता प्राप्त गरे। यसपछि यस संगठनलाई अलि फरक रुपमा हेर्न थालियो। नाम पनि पुनःपरिवर्तन भयो। र भनियो बे अफ बंगाल इनिसिएटिभ फर मल्टीसेक्टरल टेक्निकल एण्ड इकनमिक कोअपरेसन। नेपालीमा यसलाई बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भनिन्छ।

यो क्षेत्रीय संगठनले दक्षिण र पूर्वी एसियालाई जोड्ने काम गरेको छ। विश्वको करिब २२ प्रतिशत जनसंख्या रहेको यो क्षेत्रका मुलुकहरुले पछिल्लो पाँच वर्षमा ६.५ प्रतिशतको औसत आर्थिक वृद्धिदर रहेको छ।

गठबन्धनका रुपमा रहेको यो संगठनको उद्देश्य सदस्य राष्ट्रहरुबीच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहको छ। विमस्टेकको खास विशेषता भनेको यसले निर्धारण गरेका विशेष कार्य क्षेत्र हुन्। सुरुमा व्यापार, प्रविधि, यातायात पर्यटन र मत्यव्यवसाय यसका कार्यक्षेत्र थिए। तर सन् २००८ मा कृषि, जनस्वास्थ, गरिबी निवारण, प्रतिआतंकवाद, वातावरण, संस्कृति, जनस्तरको सम्बन्ध र जलवायु परिर्वतलाई यसका कार्यक्षेत्रका रुपमा थप गरिएको थियो।

 

प्रकाशित: १४ भाद्र २०७५ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App