coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बामदेवको लागि सुरक्षित क्षेत्र बनाएर फर्किए पर्यटन राज्यमन्त्री बुढा

डाेल्पाकाे दुनै बजार । तस्बिर/नागरिक

डोल्पा – संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृह जिल्ला डोल्पामा नेकपा नेता बामदेव गौतमको लागि सुरक्षित निर्वाचन क्षेत्र बनाएर राजधानी फर्किएका छन्।

नेकपाका नेता बामदेब गौतम ०७४ को संघिय संसद निर्वाचनमा बर्दियाबाट नेपाली काँग्रेसका सन्जय गौतमसँग पराजित भएका थिए। नेकपाले राज्यमन्त्री बुढालाई राजिनामा गराएर डोल्पामा उपनिर्वाचन गराई बामदेबलाई उठाउने निर्णय गरेको चर्चासँगै जिल्लाबासीको राय सुझाव लिन डोल्पा पुगेका राज्यमन्त्री बुढा राजिनामा दिने अन्तिम निर्णयमा पुगेर  बिहीबार काठमाडाैं फर्केका हुन।

आफैले राजिनामा दिएर हुने उपनिर्वाचनमा नेकपा नेता बामदेव गौतमका लागि डोल्पा सुरक्षित क्षेत्रको रुपमा ब्यवस्थापनका साथै मतदाताको ब्यवस्थापन समेत गरेर सांसद सदस्यबाट राजिनामा दिने निर्णयमा पुगेर काठमाडांै फर्केका हुन।

पार्टी निर्देशन बमोजिम राजिनामा दिने अग्रीम निस्कर्षमा पुगेका राज्यमन्त्री बुढा सान्त्वना स्वरुप जिल्लाबासीको मन राख्न, सुझाव लिन र बामदेव प्रति मतदाताको भावना बुझ्न सोमबार डोल्पा आएका थिए। त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिका लगायत जगदुला र मुड्केचुला गाउँपालिका मतदाता अगुवा कार्यकर्ता स्थानीय तहका पदाधिकारीसँग बुढाले बामदेवका लागि मत मागेर आफूले पाएको मत भन्दापनि अत्यधिक बहुमतले बिजय गराउन आग्रह गरेका थिए।

“मैले जिल्लाका मतदाताको राय विचार र सुझाव पनि लिए, सबैको सुझाव राजिनामा दिनु हुन्न भन्ने थियो तर सबै कुरा बुझाएपछि र बामदेब जस्तो उच्च ब्यक्तिलाई जिल्ला नेताको रुपमा विजय गराएर पठाउदा डोल्पाली र डोल्पाको समेत मुहार फेरिने बताएपछि सबैले विजय गराउने प्रतिवद्दता ब्यक्त गरेकाले आफू ढुक्क भएर राजिनामा दिन काठमाडौं लागेको छु बुढाले भने।” 

यता सदरमुकाम दुनै बजारमा रहेको ठुलीभेरी नगरपालिकाको केन्द्र तत्कालिन नेकपा एमालेबाटै निर्वाचित मेयर गणेशबहादुर शाही लगायतका बहुमत नगरपदाधिकारीले जुफालमा सारेसँगै नेकपाकै कार्यकर्ताबीच पानी बाराबारको अवस्था भइरहेको बेला पर्यटन राज्यमन्त्री बुढाले राजिनामा दिएर उपनिर्वाचनमा बामदेव गौतमलाई उठाउँदा सहयोग नहुने होकी भन्ने शंका पनि हटेको छ।

नगरकेन्द्रको बिवादमा मन्त्रीको कुनै सकारात्मक भुमिका नभएकोप्रति जुफालबासी असन्तुष्ट बनिरहेका बेला आफ्नो राजिनामा र बामदेवको विजय गराउने सन्दर्भमा बुधबार जुफालमा छलफल गरेका मन्त्री बुढाले आफूलाई ठुलीभेरी नगरपालिकाको केन्द्र सम्बन्धमा कोही कसैको पक्षमा लाग्नुपर्ने अवस्था नरहेको बताए।

 

प्रकाशित: १४ भाद्र २०७५ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App