coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यी हुन् भीआईपी सवारीले प्रभावित हुने सडक

काठमाडौं- चौथो विमस्टेक शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगेका छन्। सम्मेलनलाई ध्यानमा राखेर राजधानीमा सवारी सधानमा जोर विजोर प्रणाली लागु समेत गरिएको छ।

जोर विजोर प्रणालीमा सवारी चलाए पनि राजधानीका केही सडकमा यात्रु भने प्रभावित बन्ने छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विष्ट पाहुनाको आवातजावत हुने सोल्टी होटेल , सोल्टी मोड , कालिमाटी , त्रिपुरेश्वर , नागस्थान , गोश्वारा हुलाक , महांकाल , भोटाहिटी , जमल , केशरमहल , लैनचौर , ग्याङजोङ होटल ,पानिपोखरी , शितल निवास हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुनेछन्। महाखाखले वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ।

विहानको समयमा एयरपोर्ट, सिनामंगल , तिनकुने , नयाँ बानेश्वर , माईतिघर , थापाथली, त्रिपुरेश्वर , कालिमाटी ,सोल्टी मोड ,सोल्टी होटेल हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित भएका थिए। 

 

प्रकाशित: १४ भाद्र २०७५ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App