काठमाडौं- धादिङ दार्खाकी शान्ति तामाङले 'प्रथम मिसेस तामाङ'को उपाधि जितेकी छन्। उनले आफ्ना १७ प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरेकी हुन्। कार्यक्रम एसके इन्टरटेन्मेन्टको आयोजनामा मंगलबार राजधानीमा भएको थियो।
कृषि विकास राज्यमन्त्री राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शान्तिले उपाधिसँगै हिरो कम्पनीको डियो स्कुटी, सिटिभी कम्पनीको थि्रजी मोबाइललगायत पुरस्कार हात पारिन्।
त्यसैगरी, फस्ट रनरअप बन्न अनुकुमारी लामा सफल भएकी छन्। अनिता लामा सेकेन्ड रनरअप, सुनिता घलान थर्ड रनरअप, श्याममाया लामा फोर्थ रनरअप र राधा थोकर फिप्थ रनरअप भएका थिए। विजेता सबैलाई नगद तथा चेक क्रमशः ५० हजार, ३५ हजार, २५ हजार, २० हजार, १५ हजारसहित सिटिभी कम्पनीको थि्रजी मोबाइल प्रदान गरिएको थियो।
शान्ताकुमारी लामा संयोजक रहेको कार्यक्रममा भाषाविद् अमृत योञ्जन तामाङ, शिव सेना नेपालका अध्यक्ष मुस्कान पौडेल, मोडल निर्जन थापा र समाजसेवी दीक्षा चापागाई निर्णायक थिए।
१८ प्रतिस्पर्धीबाट १० जना अन्तिम प्रतियोगिताका लागि छानिएका थिए। सबैलाई निर्णायकले सोधेका थिए। 'यदि तपाई देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ?' कार्यक्रममा फोटो पोजिसन, को–अपरेटिभ, इन्टेलिजेन्ट, फेसबुक बिजेता, पपुलर, फोटो जेनिक, स्माइलिङ, वाकिङ, फ्रेन्डसिप, ड्रेसलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
गायक विजय लामा, हास्यकलाकार बुद्धि तामाङ 'हैट', गायक फूलकुमार बम्जन, गायिका मेनुका राई तामाङ, गायक सगुन तामाङलगायतले आ–आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए। 'प्रथम मिसेस तामाङ–२०१६'को कार्यक्रममा 'संयुक्त अपांग आवाज केन्द्र नेपाल'लाई ४० हजार रुपैयाँ दिलबहादुर कार्कीको हातमा आयोजक टिमले सुम्पेका थिए।
गुठी संस्थान र क्लबहरुको १ हजार २ सय स्वयमसेवकहरु परिचालन गरिएको छ। कडा सुरक्षामा इन्द्रजात्रामा रथ घुमाइ नगर परिक्रमा भएको उनले बताए। यसै अवसरमा वर्षभरिमा दिवंगत भएको परिवारले वसन्पुर क्षेत्रका सडकमा दीप प्रज्वलन गरी चीर आत्मालाई शान्तिको कामना समेत गरिने परम्परा रहेको छ।
प्रकाशित: ३१ भाद्र २०७३ ०१:४८ शुक्रबार