७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले ट्वीटमार्फत गरे बिमस्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत गरेका छन्।

आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौंमा अवतरण गरेको सन्दर्भमा उनीहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले हार्दिक स्वागत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिमस्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

 

Delighted to welcome you, heads of state & Government, to Kathmandu for 4th Summit of #BIMSTEC, a grouping of increasing importance for us in the region. I do hope our august gathering will give a collective impetus to achieving peace, sustainable development and prosperity. pic.twitter.com/IsDQsOdpK7

— KP Sharma Oli (@PM_Nepal) August 30, 2018

प्रकाशित: १४ भाद्र २०७५ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App