coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आयोजक बन्न इङ्ल्यान्डको दाबेदारी

लन्डन – इङ्ल्यान्ड फुटबल संघ (एफए) ले बुधबार २०२१ को महिला युरोपियन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको छ।

युइएफएले प्रतियोगिताको दाबेदारीका लागि शुक्रबारसम्मको समय तोकेको थियो । हंगेरी र अस्ट्रियाले यसअघि नै प्रतियोगिता आयोजनाको दाबेदारी घोषणा गरिसकेका छन् । युइएफएले २०२१ को महिला युरोपियन च्याम्पियनसिप आयोजकको निर्णय डिसेम्बर ३ मा गर्नेछ।

‘हामी २०२१ को महिला युरोपियन च्याम्पियनसिप अहिलेसम्मको ठूलो र भव्य बनाउन चाहन्छाैं,’ एफएका प्रमुख मार्टिन ग्लेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले लक्ष्य मात्र लिएका छैनांै । हामीसँग भएका संरचना र अनुभवका आधारमा हामी प्रतियोगिता सम्झनलायक बनाउनेमा विश्वस्त छौं।’

प्रकाशित: १४ भाद्र २०७५ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App