विदेशी पाहुनालाई आज राष्ट्रपतिको दिवाभोज

बिहिबार, १४ भदौ २०७५, ०७ : १५ नागरिक

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहलाई बिहीबार दिवाभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न साढे बाह्र बजे राष्ट्रपति भण्डारीले दिवाभोजको आयोजना गरेकी छन्।

राष्ट्रपति भण्डारीसँग म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार साँझ भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो। मिन्ट मंगलबार काठमाडौं आएका हुन्। बिहीबार र शुक्रबार हुने सम्मेलनमा भाग लिन केही देशका उच्च पदस्थ प्रतिनिधि आइसकेका छन् भने केही देशका उच्च पदस्थ अधिकारी बिहीबार बिहानसम्म आइपुग्ने कार्यक्रम छ।

यसैबीच भुटानका अन्तरिम सरकार प्रमुख ल्योन्पो छिरिङ वाङचुकले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन बुधबार बिहान काठमाडौं आइपुगेका वाङचुकले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। भेटमा दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। भेटमा प्रधानमन्त्री ओलीले भुटानमा हुन लागेको आम निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेका थिए । छलफलमा बिमस्टेकमा उठान गरिने विषयका बारेमा पनि छलफल भएको बताइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad