coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश

कोलम्बो- श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ। 

सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो। 

सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेलाई पक्राउ गर्न आदेश दिएका हुन्। ती ११ जना व्यक्तिलाई अपहरण गरी मार्न लगाएको आरोपमा पक्राउ गर्न उनलाई आदेश दिइएको हो। 

श्रीलङ्कामा शसस्त्र विद्रोह गरिरहेका टामिल टाइगरका विरुद्धमा श्रीलङ्काको सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो। 

त्यसैक्रममा सन् २००९ मा ती अपहृत व्यक्तिहरु पनि मारिएको आशङ्का गरिएको छ। कोलम्बोस्थित एक अदालतका न्यायाधीश लङ्का जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिएका हुन्।

प्रकाशित: १३ भाद्र २०७५ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App