coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शिखर सम्मेलनका एजेण्डा तय गर्दै सकियो मन्त्रिस्तरीय बैठक

काठमाडौं–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास(बिमस्टेक)को चौथो सम्मेलनका एजेण्डा निर्धारण गर्दै १६औ मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतमा सम्पन्न बैठकले हिजो सम्पन्न पदाधिकारी (परराष्ट्र सचिव) स्तरीय बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्दै भोलिदेखि सुरुहुने शिखर सम्मेलनका एजेन्डालाई मूर्तरुप दिएको हो। बैठकले शिखरसम्मेलनले जारी गर्ने घोषणापत्रको मस्यौदा स्वीकृत गरेको छ।

बैठकबारे जानकारी दिँदै परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बिमस्टेकलाई आर्थिक समाजिक हितका क्षेत्रमा केन्द्रित गराउने  विषयबस्तुमा छलफल हरु केन्द्रित रहेको बताए।

मन्त्रीस्तरीय बैठकले विद्युतीय ग्रिडको अन्तरआवद्दताबारे शिखर सम्मेलनमा हुने संझौतापत्रमा हस्ताक्षर गर्ने एजेण्डा र त्यसको मस्यौदा लाई स्वीकृत गरेको छ।

त्यस्तै बिमस्टेकका सबै सहयोगका क्षेत्रबारे समिक्षा गर्दै संगठनलाई अझ परिणाममूखी र प्रभाकारी बनाउने सहमति पनि भएको जनाइएको छ।

बैठकले बिमस्टेकका महासचिवले पेश गरेका विभिन्न प्रतिवेदनलाई पनि स्वीकृत गरेको छ। बैठकमा उनले सदस्य राष्ट्रबीच भन्सार मामिलामा आपसी सहयोग, सवारी आवागमन, ब्यापार सहजीकरणकार संबन्धी संझौताका मस्यौदालाई अन्तिम रुप दिन भइरहेका उपलब्धीबारे जानकारी गराएका थिए।महासचिवले बिमस्टेक यातायात सञ्जाल गुरुयोजना आगामी सेप्टेम्बरसम्ममा तयार हुने गरी काम भइरहेको जानकारी बैठकलाई गराएका थिए।

आजको बैठकमा बंगलादेशका पराराष्ट्रमन्त्री अबुल हसन महमद अली, भुटानका विदेशमामिला सचिब सोनाम स्योङ, भारतका विदेश मामिला राज्य मन्त्री डा. भि.के. सिंह, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री यु क्वाउ टिन, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रृलंकाका परराष्ट्रमन्त्री बसन्त सेनानायके, थाइल्याण्डका विदेशमन्त्री डोन प्रामुध विनयको सहभागिता थियो।
बैठकमा नेपालका पराराष्ट्रमन्त्री ज्ञवालीले स्वतन्त्र व्यापार संझौता, यातायात गुरुयोजना निर्माणमा उपलब्धी हासिल भइरहेकामा सन्तुष्टि जनाएका थिए।

उनले मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रृलंकालाई हस्तान्तरण गरेका थिए। १७औ मन्त्रिस्तरीय बैठक श्रृलंकामा हुने तय भएको छ।बैठकका सहभागीले बिमिस्टेक केन्द्रहरुलगायत अन्य संयन्त्रलाई तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए।  

 

प्रकाशित: १३ भाद्र २०७५ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App