८ वैशाख २०८१ शनिबार
फोटो फिचर

भीआइपीको सवारी, सर्वसाधरणलाई सास्ती (फोटो फिचर)

काठमाडौ -बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ। सम्मेलनको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ।

बिमस्टेकलाई मध्यनजर गर्दै राजधानीको ट्रफिक व्यवस्था मिलाउन वुधबार, बिहीबार र शुक्रबारको लागि जोर विजोर गाडि चलाउने व्यवस्था मिलाइएको छ। सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् भने नेपाली सेनाले हवाई गस्ती समेत गरेको छ।

जोर विजोर सवारी चल्दा सर्वसाधारणले भने सास्ती व्यहोर्न परेको छ। यसै त काठमाडौंमा सार्वजनिक सवारीको पर्याप्तता छैन त्यसैमा जोर विजोरमा सवारी चल्दा गन्तव्यमा पुग्न गाडि नपाउने समस्या यात्रुमा छ। विशिष्ट पाहुनाको आगमन र सवारीको क्रममा सवारी रोकिँदा समेत यात्रुहरु तानाबमा देखिन्थे।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App