७ वैशाख २०८१ शुक्रबार
राजनीति

आकांक्षी मिलाउने जिम्मा अध्यक्षलाई

नवलपरासी, असार ९ (नागरिक)– परासीमा सोमबारदेखि सुरु तराई मधेस तोकतान्त्रिक पार्टीको प्रथम महाधिवेसनले पार्टी सम्हाल्ने सम्पूर्ण जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। ठाकुरलाई पार्टी सम्हाल्ने जिम्मा सुम्पिँदै बिहीबार महाधिवेशन सकिएको छ।

वरिष्ठ उपाध्यक्षमा हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल, कोषाध्यक्षमा अनिताकुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नागेन्द्र यादवले बताए । त्यस्तै आरक्षित कोटातर्फ अपांगमा १ जना र आदिवासी जनजाति गरी ५ सदस्य निर्विरोध भएका छन् । महामन्त्रीको उम्मेदवार बनेका तराई मधेस महिला संघकी राष्ट्रिय अध्यक्ष चन्दा चौधरीले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
तीन दिन चलेको महाधिवेशनले १० जना पदाधिकारीको नाम मात्र टुंगो लगाएको छ। अन्य पदाधिकारीको नाम  टुंगो लगाउन नसकेपछि निर्वाचित पदबाहेक बाँकी महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्षलाई दिइएको निर्वाचन समिति संयोजक नागेन्द्र यादवले जानकारी दिए ।

पार्टी गठन भएको ९ वर्षपछि मात्र महाधिवेशन भएकाले पदमा बस्न धेरै इच्छुक भएका छन् । पदका आकांक्षी धेरै भएर सहमति जुटाउन नसकेपछि  नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित: १० असार २०७३ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App