७ वैशाख २०८१ शुक्रबार
राजनीति

सेटिङका ठेक्का तोड्न सफल भइन : अध्यक्ष दाहाल

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ठूला निर्माण कार्य सञ्चालन गर्दा ठूला व्यवसायीलाई प्याकेजमा ठेक्का दिने प्रचलन मौलाएको बताएका छन्। व्यवसायी र सरकारका कर्मचारीबीच यस्ता प्याकेजकका ठेक्का दिनको लागि सेटिङ हुने गरेको पाईएको उनले बताए। 

निर्माण व्यवसायी संघ, चितवनको २५ औं साधारण सभा उद्घघाटन गर्दै अध्यक्ष दाहालले प्याकेजमा ठेक्का दिने गर्दा निर्माण कार्यमा ठूला ठूला व्यवसायीले मात्र एकाधिकार जमाएको बताए। ‘साना साना पार्टमा विभाजन गरेर काम दिँदा काम पनि हुने, प्रतिस्पर्धा पनि हुने भनेर प्याकेजमा ठेक्का नदिनु भनेर सचिवलाई पनि नदिनु भने’ कार्यक्रममा उनले भने, ‘म सफल भईन, त्यहाँ त सेटिङ हुँदो रैछ मानेनन् सचिवहरु।’ 

ठोस रुपमा भनेपनि आफ्नो भनाई नमानी पुरानै ढंगबाट काम गरिएको उनी बताउँछन्। व्यवसायीले प्याकेजमा दिने गरिएको ठेक्काको सिस्टमले साना तथा मझौला स्तरका व्यवसायी मारमा परेको महशुस गरेर पहिले नै पहल सुरु गरेपनि कार्यान्वयन गराउन नसकिएको उनको भनाई छ।

प्याकेजको ठेक्काले प्रसय पाउँदा काम गरेपनि हुने नगरे पनि हुने र समयमा नै काम पुरा हुन नसक्ने स्थिती आएको अध्यक्ष दाहालले बताए। हरेक क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने पहलमा लागेको सरकारले निर्माणको क्षेत्रमा रहेको सिण्डिकेट पनि तोड्ने उनले बताए। त्यसैले सबै यवसायीले काम पाउने र प्रतिस्पर्धामा काम गराउन सिण्डिकेट तोड्ने र भत्काउने कार्य गर्न तत्पर रहेको उनी बताउँछन्। 

भूकम्पपछिको निर्माण कार्यमा व्यवसायीले राखेको एक वर्ष म्याद थप गरिदिने अनुरोधमा आफु सकारात्मक रहेको उनले बताए। राज्यले नीजि क्षेत्रलाई उत्साहित, सुरक्षित, कार्य क्षमता वृद्धि र अनुशासित गराउन नेतृत्वदायी भूमिका ननिभाई देश विकास गर्न नसकिने अध्यक्ष दाहालको भनाई छ।  व्यवसायीले नाफा कमाउने स्वतन्त्रता राज्यले ग्यारेन्टी गर्नुपर्ने उनले बताए। 

 

प्रकाशित: १३ भाद्र २०७५ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App