प्रदेश सरकार संघीय सरकारको शाखा कार्यालय होइन : मुख्यमन्त्री राउत

बुधबार, १३ भदौ २०७५, १६ : ०४ मिथिलेश यादव

1001


लहान- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध नेपाल खुसी नेपालीको नाराको भविष्य प्रदेश २ को समृद्धिसँग जोडिएको बतएका छन्। प्रदेश २ समृद्ध भए मात्र नेपाल समृद्ध हुन्छ, प्रदेश २ का जनता खुसी भए नेपाली मात्र नेपाली खुसी हुने उनको टिप्पणी थियो।

‘देशलाई समृद्ध बनाउनु छ भने प्रदेश २ लाई समृद्ध बनाउनुपर्यो, अधिकारसम्मपन्न बनाउनुपर्यो बुधबार नेपाल राष्ट्रिय माड्वारी परिषद्को १५ साधारण सभालाई लहानमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भने,‘प्रदेश बलियो हुन अधिकार र स्रोत सम्पन्न हुनुपर्छ।’

'संघीय सरकारले प्रदेश सरकारलाई आफ्नो शाखा कार्यालयजस्तो व्यवहार गरिरहेको छ', उनले भने,‘प्रदेशभीत्रको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई नदिएर मातहतको कार्यालय जस्तो व्यवहार देखाएको छ।’ ‘प्रदेशको सुरक्षा नीति, शिक्षा नीति, स्वास्थ्य नीति संघीय सरकारले बनाउने होईन’ उनले भने,‘यो नीति प्रदेश सरकारले बनाउने हो।’ सबै नीति संघीय सरकारले बनाउने, अधिकार संघीय सरकारसँगै रहने हो भने संघीयतामा जानुको अर्थै भएन्', उनले असन्तुष्टि पोखे।

'अहिले यहाँ भुलभलैयाको खेल भैरहेको छ। प्रदेशलाई यो दिन्छु त्यो दिन्छु भन्दै भुलभुलैयाको खेल चलिरहेको छ', उनले भने,‘यो भुलभुलैयाको खेल धेरै दिन टिक्दैन, अधिकार लिन जानेका छौं।’  उनले छिटै प्रदेश सरकारले ५० प्रतिशत महिलाको सहभागीता रहनेगरी प्रदेश प्रहरी विधेयक प्रदेश संसदबाट पास गर्ने बताए। विधेयक पास भएपछि प्रदेशको आफ्नै प्रहरी हुने उनको भनाई छ। यो प्रहरी यहाँको औद्योगीक र व्यपारिक सुरक्षालाई प्राथमिकतामा राखेर परिचालन गरिने गरि योजना बनिरहेको उनले बताए।

भारतको गुजरातसँग प्रदेश २ लाई तुलना गर्दै मुख्यमन्त्री राउतले भने,‘उद्योगीहरुले जसरी उद्योग स्थापना गरेर उदेकलाग्दो गुजरातलाई गुलजार बनाए त्यसैगरी यो प्रदेशपनि उद्योगीहरुले गुलजार बनाउँछ।’ उनले सभामा देशभरबाट सहभागी मारवाडी समूदायलाई यस प्रदेशमा लगानी गर्न आग्रह गरे। 'औद्योगीक र सुरक्षाको वातावरण हामी बनाउँछौ, तपाईहरु लगानी गर्न तयार हुनुस्’ उनको भनाई छ। हुन त अहिले हामी आफै असुरक्षीत छौ प्रहरी प्रशासन अझै संघीय सरकारकै निर्देशनमा परिचान भैरहेको तथ्य कोट्याउँदै उनले भने,‘अहिलेको प्रहरी प्रशासन संघीय सरकारबाट परिचालन छ, छिटै प्रदेशको प्रहरी प्रशासन हुन्छ।’ उनले थपे, प्रदेश प्रहरी उद्योगी व्यपारिको सुरक्षामा परिचालन गर्छौ।

यो प्रदेशको ८ वटै जिल्ला आयातको केन्द्र भारतको प्रवेशद्वारसँग टाँसिएकाले पनि उद्योग व्यपारका लागि यो प्रदेश मैत्री भएको उनको तर्क छ। यो सम्भावना भएको प्रदेश भएको बताउँदै उनले यहाँ केहि दिनमात्र संघीय सरकारको मनोमानी चल्ने चेतावनी दिए।







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...