coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

२० वर्षपछि नेपाललार्इ एसियाडमा रजत

काठमाडाैं - नेपालले इण्डोनेसीयामा जारी १८ औैं एसियाली खेलकुद एसियाडमा रजत पदक प्राप्त गरेको छ। नेपालले प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रिमा रजत हात पारेको हो। यो सँगै नेपालले २० वर्षपछि एसियाली खेलकुदमा रजत प्राप्त गरेको छ। नेपालले सन् १९९८ मा यसअघि रजत जितेको थियो। नेपालकी सविता राजभण्डारीले यसअघि तेक्वान्दोमा रजत जितेकी थिइन्। यस स्पर्धाको स्वर्ण पदक भने जापानले जितेको छ। 

नेपाल स्वर्ण पदक जित्नबाट भने २७ अंकले पछि पर्याे। जापानले कुल ११ हजार ३ सय ९१ अंक जाेड्दा नेपालले ११ हजार ३ सय ६४ अंक जाेड्याे। क्रस कन्ट्रि इभेन्टमा नेपालका लागि विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले प्रतिष्पर्धा गरेका थिए।

प्रकाशित: १३ भाद्र २०७५ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App