१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सकारात्मक दिशातर्फ अग्रसरः अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडौ–अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सवल अर्थतन्त्र निर्माणको चरणमा लागिरहेको अवस्थामा अर्थतन्त्रबारे नकारात्मक टिप्पणी हुनु गलत भएको बताएका थिए। 

मुलुकको आर्थिक वातावरण वाह्य तथा आन्तरिक लगानीका लागि सकारात्मक बनिरहेको समयमा नकारात्मक टिप्पणी गर्दा लगानीकर्ता हतोत्साही हुने खतरा रहेको उनले औल्याए।

अर्थतन्त्रका मूल सूचक नकारात्मक विन्दुमा छैनन्,’ खतिवडाले भने, ‘मुलुकको आर्थिक वृद्दिदर बढ्दै जाने अवस्था छ।’ अर्थतन्त्र सुधारका लागि काम भइरहेको र त्यस्का परिणामहरु आउनेक्रममा रहेको उनले दाबी गरे।

 दोहोरो अंकको आर्थिक वृद्दि संभव रहेको भन्दै खतिवडाले यसका लागि निजीक्षेत्रको सकृयता र सहयोग अत्यावश्यक हुने औल्याएका थिए। जटील अवस्थामा रहेको अर्थतन्त्रलाई आफूले संहाल्दै ट्रयाकमा ल्याइरहेको दाबी खतिवडाको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको व्यापार घाटा बढ्दै गएको  र व्यापारीहरु कर बृद्धिको मारमा परिरहेको गुनासो गरिन्। सरकारले निजीक्षेत्रको हितमा काम गर्ने भने पनि हाम्रो अपेक्षाअनुरुप सरकारले काम गर्न सकेको छैन,’ उनले भनिन्, अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री हुनुहुन्छ, देशको अर्थतन्त्रमा राम्रो हलचल ल्याउने सोचेका थियौ तर छ महिनाको अवधिमा उत्कृट काम हुन सकेन।’ 

 

प्रकाशित: १३ भाद्र २०७५ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App