coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बिम्स्टेकलाई आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित गरौंः परराष्ट्रमन्त्री ज्ञवाली

फाइल तस्बिर

काठमाडौ–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकलाई यस क्षेत्रको आर्थिक समाजिक रुपान्तरण गर्ने मुद्दामा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।

राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले लगानी र व्यापारका माध्यमले रुपान्तरण हुने संभावना औल्याए।

रेल, सडक,हवाइमार्ग तथा अप्टिकल फाइबर विस्तार गरी सदस्यराष्ट्रहरुबीच सम्पर्क विस्तार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। बैठकको अध्यक्षता गरिरहेका ज्ञवालीले  सम्पर्क विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता क्षेत्रमा बिम्स्टेक केन्द्रित हुनुपर्ने धारणा राखे।

बैठकमा भोलिदेखि सुरु हुने शिखर सम्मेलनको तयारी, सचिबस्तरीय बैठकको प्रतिवेदन, समझदारीपत्रका मस्यौदा, शिखर सम्मेलनको कार्यसूचिलगायतका विषयमा छलफल जारी छ।
बैठकका निश्कर्षबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले साँझ ५ वजे पत्रकार सम्मेलन गर्दैछ। 
 

 

प्रकाशित: १३ भाद्र २०७५ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App