८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तहमा कर्मचारी अभाव हुँदैन : मन्त्री पण्डित

भक्तपुर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हुँदैन।’

सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पण्डितले पत्रकारले गल्ती नगरेको भए देवानी तथा फौजदारी संहिताबाट डराउनु नपर्ने उल्लेख गर्दै गल्ती गरेमा छुट माग्न नपाउने बताए।

कार्यक्रममा सांसद महेश बस्नेतले लोकतन्त्रलाई अराजकतन्त्रका रुपमा लैजान नहुने बताउँदै प्रेसलाई सङ्कुचित बनाउने गरी संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसद्मा आवाज उठाउन आफू तयार रहेको बताए । प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले पत्रपत्रिका, अनलाइन र सञ्चारमाध्यमले अब विकासका समाचारलाई प्राथमिकता दिनुपर्ने बताए।    (रासस)

प्रकाशित: १३ भाद्र २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App