७ वैशाख २०८१ शुक्रबार
राजनीति

थापा प्रधानसेनापतिमा नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले थापालाई भदौ २४ देखि लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को रिफारिसमा भण्डारीले संविधानको धारा २६७ को उपधारा (५) अनुसार प्रधान सेनापतिमा नियुक्त गरेकी हुन्।

यही भदौ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले थापालाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गर्दै उक्त नियुक्तिका लागि राष्ट्रपति समक्ष रिफारिस गरेको थियो।

हाल प्रधानसेनापति राजेन्द्र क्षत्री कार्यकाल सकिनु एक महिनाअघि साउन २४ देखि बिदामा बसेका छन् । क्षत्री बिदामा बसेपछि थापाले कायममुकायम प्रधानसेनापतिका रूपमा काम गर्दै आएका छन् । भदौ २४ गतेपछि थापाले पूर्णरूपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन्।

प्रकाशित: १३ भाद्र २०७५ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App