coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज राष्ट्रियसभामा समिति सभापति निर्वाचन

काठमाडौं – राष्ट्रियसभाका तीन समितिमा तीनजना निर्विरोध हुने भएका छन् । मंगलबार तीन समितिमा नेकपाका उम्मेदवारबाहेक अन्य कसैको पनि उमेदवारी नपरेपछि तीनजना निर्विरोध हुने भएका हुन्।

बुधबार बस्ने समितिको बैठकमा उनीहरू निर्वाचित भएको घोषणा हुनेछ । विधायन व्यवस्थापन समितिमा नेकपाका परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा नेकपाका रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेकपाकी दिलकुमारी रावल सभापतिमा निर्विरोध हुने भएका हुन्।

दिगो विकास तथा सुशासन समितिमा प्रतिपक्ष कांग्रेसकी तारादेवी भट्टले सभापति पाउने भएकी छन् । उनले मंगलबार उम्मेदवारी दर्ता भने गरेकी छैनन् । यसका लागि भदौ १९ मा उम्मेदवारी दर्ता र निर्वाचित भएको घोषणा हुनेछ।

प्रकाशित: १३ भाद्र २०७५ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App