coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सप्तरीमा सामूहिक बलात्कार, पाँच पक्राउ

राजविराज – दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।

रक्षाबन्धका दिन आइतबार गाउँनजिकै लाग्ने मेलाबाट फर्किंदै गर्दा सप्तरीको शम्भुनाथ नगरपालिका–६, स्थित बसवलपुर चोकबाट नियन्त्रणमा लिएर ६ युवकले आफूलाई रातभर बलात्कार गरेको पीडित युवतीले बताएकी छन्।

पीडित युवतीको उजुरीका आधारमा शम्भुनाथ–६ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णनारायण साह र २७ वर्षीय मनोजकुमार राम तथा शम्भुनाथ नगरपालिका–११ का १८ वर्षीय राजकुमार भगत र कञ्चनरूप नगरपालिका–११ का २४ वर्षीय हिरालाल साहलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिए । एक जना अझै फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए।

घटना यसरी भएको थियो
सप्तरीको खड्क नगरपालिका–६ की २० वर्षीया युवती छेउमै रहेको शम्भुनाथ नगरपालिका–१२, अर्नाहा मेला हेर्न गएकी गइन् । हरेक वर्ष रक्षाबन्धनका दिन अर्नामा मेला लाग्छ । मेलामा जिल्लाभरिबाट आउने सर्वसाधरणको भीड लाग्छ।

मेला हेर्दा हेर्दौ साँझ परेपछि ती युवती छिमककै १६ वर्षीय एक युवकसँग साइकलमा घर फर्कंदै थिइन् । बसवलपुर चोक आइपुग्नेबित्तिकै पाँच युवकको समूहल नियन्त्रणमा लिई रातभर पालैपालो बलात्कार गरेका हुन् । आफूसँग रहेको छिमेकी युवकलाई भने उनीहरूले कुटपिट गरी साइकल र मोबाइलसमेत खोसेको प्रहरी समक्ष पीडित युवतीले बताएकी छन्।

‘मलाई कुटपिट गर्दै लखेटे र युवतीलाई नियन्त्रणमा लिएर लगे,’ पीडितसँग रहेका छिमेकी युवकले प्रहरीसँगको बयानमा भनेका छन् । पीडित परिवारले घटनाबारे सोमबार बिहान २ः३० बजेतिर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी अपहरित युवतीको खोजीमा निस्केका थिए।

‘घटना भदौ १० गते रातिको हो, तर हामीले ११ गते बिहान अढाई बजेतिर जानकारी पायौं,’ डिएसपी रिमालले भने, ‘हामी त्यति बेलैबाट पीडितको खोजतलासमा जुटेका थिया, बिहान साढे सात बजेतिर पीडित युवतीको फोन लाग्यो र उनी खर्चुहियाबाट घरतर्फ जाँदै गरेको जानकारी गराएपछि उनलाई हामीले बयानका लागि बोलायौं।’

सोही क्रममा पीडित युवतीले ६ जनाको पहिचान खुल्ने गरी बयान दिएपछि अभियुक्तहरूलाई पक्राउ गरिएको डिएसपी रिमालले बताए । एक जना फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच अभियुक्तविरुद्ध मंगलबार सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७५ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App