म्याग्दीकी पुजालाई पोर्चुगलबाट हमाल दम्पतीको ५० हजार सहयोग

मङ्गलबार, १२ भदौ २०७५, २१ : ४३ हरिकृष्ण गौतम

म्याग्दी– गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

बेनी नगरपालिका ६ फोओठेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्रमा गरिबीभित्रको पीडा लुकेको भन्दै बागलुङको काठेखोला गाउँपालिका मुलथाना जन्म घर भई बानपा २ श्रीनगरटोल निवासी हमाल दम्पतीले ५० हजार १ सय ४८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। ‘आर्थिक अभावले कहिल्यै विद्यालय जानबाट बन्चित हुनु नपरोस्, एउटा पत्रभित्र लुकेका धेरै समस्या समाधानका लागि सानो सहयोग गरेको छु’, हमालले भने । 

निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं आएका खत्री परिवारमा खुसी छाएको हेर्न चाहेको उनले बताए। करिब २५ बर्ष अगाडि युरोपमा पुगेका हमालले विगतमा समेत आर्थिक अभाव भएका बालबालिका, सामाजिक संघसंस्था लगायत विभिन्न क्षेत्रमा सहयोग गरेका छन्। पोर्चुगलमा सफल नेपाली व्यवसायी रहेका हमाल हालसम्म खत्रीलाई ब्यक्तिगत रुपमा सबैभन्दा धेरै सहयोग गर्ने दाता हुन्। सामाजिक क्षेत्रमा सहयोग गरेपनि प्रचारप्रसारमा नआउने हमाल दम्पतीले पुजाको मार्मिक पत्रका बारेमा नागरिक न्यूजमा समाचार पढेपछि सहयोगको प्रतिबद्धता जनाएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad