coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका अपहरण गरेर लैजाँदै गर्दा पक्राउ

मोरङ– आफ्नै घरआँगन पनि असुरक्षित हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैनन्। तर, मोरङको उर्लाबारी नगरपालिका–६ राधिका मावि नजिककै सोमबार साँझ एक ४ वर्षीया बालिका आफ्नै आँगनमा खेल्दै गर्दा अपहरणमा परिन्। 

‘साँझमा आफ्नै साथीहरूसँगै खेल्दै गर्दा अन्य साथी भाग्न सफल भए,’ पीडित बालिकाका पिता कमलकुमार घिमिरेले भने, ‘तिनै भागेका छोरीका साथीले घरमा आएर एक जना अंकलले कृतिकालाई बोकेर लाँदै हुनुहुन्छ भनेपछि हामी दौडिएर छोरी खोज्न गयौं।’ हाम्रो भाग्य भनौं वा खै के भनौं दिन दह्रो रहेछ समयमै थाहा पाएर सकुशल छोरीलाई घरमा ल्यायौं घिमिरेले भने।  

दैनिक अपहरण र बलात्कारका घटना भइरहँदा प्रहरीको सक्रियता कम भएको महसुस सर्वसाधारणले गरेका छन्। यस्तै घटना उर्लाबारी–६ कि ४ वर्षीय कृतिका घिमिरेलाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीलाई बुझाएका छन्। कृतिकाका अभिभावकसहित टोल छिमेकले उनलाई झापाको दमक–८ घर बताउँने गोपाल कार्कीले अपहरण गरेर लैजाँदै गर्दा घरबाट करिब २ सय मिटर पर फेला पारेका थिए। कार्कीलाई स्थानीयले नियन्त्रयणमा लिएर प्रहरीको जिम्मा दिएको घिमिरेले बताए। 

दुई घरको एउटै आँगन रहेको छ, त्यहाँ ३÷४ केटाकेटी खेल्दै थिए। उनीहरू भन्दा मेरी छोरी अलि सानी थिइन्। छोरीका साथीले भने अनुसार ‘एक जना अंकल आएर हामीलाई समाउन खोज्नु भयो हामी भग्यौं र कृतिकालाई बोकेर लैजानु भयो’ भनेपछि हामीले होहल्ला ग-यौं, घिमिरेले बताए। स्थानीयले त्यो अपहरणमा संलग्न कार्कीलाई दिउँसो टोलमा घुँम्दै गरेको देखेका थिए। तर, कोही बाहिरबाट आएका बाटो हिँड्ने भनेर वास्ता नगरेको र बच्चा लैजाँदै गर्दा बाटो सोध्दा मेरो भान्जी भन्दै लैजाँदै थियो घिमिरेले भने।  

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले भने, ‘स्थानीयले बालिकालाई अपहरणमुक्त गर्दै घटनामा संलग्नलाई नियन्त्रणमा लिएर हामीलाई जिम्मा लगाएका हुन्।’ घरको आँगनमै साथीसँग खेल्दै गरेको अवस्थामा सोमबार साँझ ६ बजे तिर बालिकालाई अपहरण गरेर लगभग दुई सय मिटर पर पु-याएपछि स्थानीयले थाहा पाएका थिए। कृतिका लैजानु अघिसँग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिस गरे पनि अरुले नमानेपछि चकलेट र फलफूल किनिदिन्छु भनेर फकाउँदै कार्कीले अपहरण गरेको तिमल्सिनाले बताए। पक्राउ परेका गोपाल कार्कीले दमक–८ घर बताए पनि उनीसँग नेपाली भएको कुनै प्रमाण बुझाउन सकेका छैनन्। तिमल्सिनाले भने, ‘उनको साथबाट भारतीय परिचय खुल्ने कागजपत्र फेला पारेका छौं।’ कार्कीका साथबाट आछाम राज्यको तीनसुकिया जिल्लास्थित गोग्राहा टोलको परिचयपत्र फेला परेपछि घटना थप शंकास्पद र रहस्यमय बनेको तिमल्सिनाले बताए। पक्राउ परेका युवाले चिनजानकै जस्तो गरेर चकलेट र फलफुल किनेर दिई आफूले बालिकालाई लिएर गएको प्रहरीलाई बताएका छन्। 

प्रहरीले उनको साथबाट भारतको सिलिगुडीस्थित जलपाइगुडीसम्मको रेलको टिकटको अर्धकट्टी र पाँच÷पाँच सय भारतीय रुपैयाँ फेला पारेको छ। पक्राउ परेका कार्की बालबालिका भारत कटाउने गिरोहमा संलग्न भएको आशंका प्रारम्भिक अनुसन्धानबाट देखिएको तिमल्सिनाले बताए। रामप्रसाद तिमल्सिनाले भने, ‘उनले नेपाली भएको प्रमाण देखाउन नसक्नु, भारतीय भएको खुल्ने परिचय फेला पर्नुले बालिकालाई अपहरण गरेर भारततर्फ नै लैजान खोजेको देखिएको हो।’ कार्की विरुद्ध प्रहरीले अपहरण मुद्दा दर्ता गरी मोरङ जिल्ला अदालत मोरङबाट म्याद थप समेत भई थप अनुसन्धान अघि बढाएको छ। 

मोरङमा भएका अन्य घटनामा प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन्। घटना भएको लामो समय हुँदा समेत मोरङले अपराधी पत्ता लगाउन नसक्दा जनताले असुरक्षित महसुस गरेका छन्। पछिल्लो तीन सातायता मोरङको जाँतेमा रहेको विद्यालयको खानेपानी ट्यांकीमा विषादी मिसाएको, विराटनगरको जतुवामा रहेको नहरमा बेवारिसे अवस्था एक महिला फेला परे पनि अहिलेसम्म पहिचान खुल्न नसक्नु र विराटनगर महानगरपालिकामा भएको बम विस्फोटमा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन्।

प्रकाशित: १२ भाद्र २०७५ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App