स्मरणमा इराक घटना

बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य (भिडियो रिपोर्ट)

बुधबार, १३ भदौ २०७५, १२ : २८ नागरिक

काठमाडौं– वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो। सयौं मेनपावरहरुका कार्यालय तोडफोड भए, हजारौ राहदानी जलाइए, क्षतिको हिसाब लाखमा सीमित रहेन करोड नाघ्यो। 

तत्कालिन न्यायाधिश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरिएपनि उक्त समितिले दिएको प्रतिवेदन दराजमै थन्कियो। १२ नेपालीको हत्याको घटनाले वैदेशिक रोजगारमा जानु अघि नेपालीलाई एक पल्ट त झस्क्यायो तर बिर्सिन पनि धेरै समय लागेन। एकातिर विदेशिनेको संख्या बढ्दै गयो अर्कोतिर मानव तस्करले आफ्नो जालो झन् झन् फैलाउँदै गए। अन्तत वैदेशिक रोजगारको यात्रा एक नेपालीका निम्ति तरवारको धारमा हिडे जस्तै बनेको छ। कतिबेला के हुने कसैलाई पत्तो नहुने। इराक घटना भएको १४ वर्ष पुग्दै गर्दा उक्त घटना बारे जान्नुपर्ने केही तथ्यहरुः

१) इराक घटनामा १२ नेपाली मारिए पनि उनीहरु सँगै अन्य २३ जनाले वैदेशिक रोजगार विभागबाट २०६१ असार १६ गते श्रम स्वीकृति लिएका थिए। तर ति २३ जना भने भाग्यले बाँच्न सफल भए। 

२) मारिएका ति १२ नेपाली कुपन्डोलस्थित मुनलाइट मेनपावरबाट विदेशिएका थिए। 

३) उनीहरुले जोर्डनमा होटलमा काम गर्नका लागि श्रम स्वीकृति लिएको भएपनि झुक्क्याएर इराक पुर्याइएको थियो।

४) उनीहरुलाई आर्मी अफ अन्सर अल सुन्न नामक एक आतंककारी समूहले केही दिन बन्धक बनाएपछि हत्या गरेको थियो। 

५) आफ्नै नेपालीलाई नेपाल सरकारले बचाउन गरेका अनेक प्रयास सफल हुन सकेनन्। अन्ततः हत्याको खबर अल जजिरा टिभीबाट सार्वजनिक भएको थियो।

६) मारिएका नेपालीका आफन्तले अमेरिकन कम्पनी केबिआर र सोही कम्पनीकै मातहतमा जोर्डनमा काम गर्ने दाउद एण्ड पार्टनर्स बिरुद्ध कानुनी लडाई सुरु गरे। १२ मध्ये १० जनाका परिवारले क्षतिपूर्ति पाएका थिए।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad