८ वैशाख २०८१ शनिबार
समाज

६१ हजार अमेरिकी डलरसहित २ जना लैनचौरबाट पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजारभन्दा बढी अमेरिकी डलरसहित २ जनालाई पक्राउ गरेको छ। 

गोंगबु बस्ने ३५ वर्षीय अमर बिक र २९ वर्षीय धन बहादुर खड्कालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार ६१ हजार ६२० अमेरिकी डलरसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए। 

दुबै जनामाथि प्रहरीले लामो समयदेखि निगरानी गर्दै आइरहेको थियो। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १२ भाद्र २०७५ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App