जुम्ला– दैनिक लोडसेडिङको मार खेप्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २४ सै घण्टा विजुली बलेको छ। गुठिचौर गाउँपालिका स्थित नौमुले लघु जलविद्युत आयोजना देपालगाउँवाट अस्पतालको लागि छुट्टै विद्युत लाइन दिएपछि अस्पतालमा विजुलीको अभाव नहुने भएको हो। गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले संझौता पत्रमा हस्ताक्षर गरी स्वीच बालेर अस्पतालमा बिजुली बलेको घोषणा गरेका थिए।
बिद्युत सेवा प्रभावकारी नहुँदा जटिल प्रकारका अप्रेशन लगायतका प्रशासनिक काममा समेत असर पर्दै आइराखेको थियो। प्रतिष्ठानका रजिष्टार काफ्लेले भने, ‘नियमित रुपमा बिजुली बलेपछि अस्पतालका सवै सेवा नियमित गर्नको लागि टेवा पुगेको छ। अस्पतालका सेवा विस्तारमा समेत विजुलीले ढोका खुलेको हो।
झण्डै एक वर्षको पहल पछि अस्पतालमा विजुली बलेको हो। बिजुली नहुँदा आइसियु सेवा, सिटी स्क्यान लगायतका महत्वपूर्ण उपकरण सञ्चालनमा ल्याउन नसक्दा विरामी मर्कामा परेका थिए। रजिष्टार काफ्लेले भने, ‘नियमित विद्युत आपूर्ति संगै आइसियु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट चलाउन सहज हुने भएको हो। उनले भदौ महिनाभित्रै यी सबै सेवा सञ्चालन गर्नको लागि प्रतिष्ठान जुटिसकेको बताए।
‘अप्रेशनका लागि चौबिसै घण्टा विद्युत चाहिन्छ, यसअघि जेनेरेटर चलाएर अप्रेशन गर्नु वाध्यता थियो’, रजिष्टार काफ्लेले भने, ‘अब जस्तोसुकै जटिल प्रकारको अप्रेशन विजुलीका लागि पर्खनु पर्दैन, जतिबेला पनि अप्रेशनका लागि अनुकुल हुनेछ।’
तेल नहुँदा जेनेरेटर चलाउन कठिन थियो, साना जलविद्युत उपभोक्ता समितिको विजुली अधिकांश समय लोडसेडिङ हुँदा आवश्यकताका काम नहुने गरेका थिए।अहिले प्रशासनिक काम गर्न सहज भएको छ। सामान्य कामका लागि जेनेरेटर चलाउनु परेको छैन्।
अस्पतालले २५ देखि ३० किलोवाट खपत हुन गरी विद्युत समितिसंग सम्झौता गरेको छ। प्रति युनिट ८ रुपैयाँ भाडा तिर्नुपर्छ। प्रत्येक कक्षमा सवा मिटर राखिने छ। अस्पतालका सेवा प्रवाहमा चुस्तदुस्त र प्रभावकारी हुने गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए। उनले भने, ‘गुठिचौर गाउँपालिकाले दिएको विद्युत सेवाले गुणस्तरीय विरामीको सेवामा पुग्ने आशा गरेका छौँ, अब जाडोयाममा सोलार सिस्टमले काम गरेन भन्ने बाहना नहुने भएको छ। प्रत्येक कोठामा एसीको व्यवस्था गरिएको छ। विजुली आपूर्तिले चिकित्सक, विरामी, कर्मचारी र कुरुवा सवै उत्साहित भएको छन। अब बेडबेडमा अक्सिजन पुग्ने भएको छ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत